अन्तर्राष्ट्रिय फुटबलबाट मेस्सीको सन्यास

अर्जेन्टिनी सुपरस्टार लियोनल मेस्सीले अन्तर्राष्ट्रिय खेल जीवनबाट सन्यासको घोषणा गरेका छन् । अमेरिकामा सम्पन्न कोपा अमेरिका फुटबलको फाइनलमा चिलीसँग टाइब्रेकरमा पराजित भएपछि विक्षिप्त बनेका मेस्सीले अप्रत्यासित रूपमा अन्तर्राष्ट्रिय फुटबलबाट सन्यासको घोषणा गरेका हुन् ।

मेस्सीको नेतृत्वमा रहेको अर्जेन्टिनी टोलीले सन् २०१४ को ब्राजिल विश्वकपको फाइनलमा जर्मनीसँग र गत बर्षको कोपा अमेरिकाको फाइनलमा चिलीसँग पराजित भएको थियो । त्यसअघि सन् २००७ को कोपा अमेरिकामा पनि अर्जेन्टिना फाइनलमै पराजित भएको थियो ।

आज बिहान चिलीबिरुद्धको फाइनलमा पराजित भएपछि अर्जेन्टिनी टेलिभिजनसँग कुरा गर्दै मेस्सीले भने, ‘इट्स अल ओभर, अर्जेन्टिनाका लागि मेरो करिअर यतिमै सकियो ।’ उनले थपे, ‘यो क्षण अत्यन्तै दुःखद छ ।’

यद्यपी उनले अर्जेन्टिनी फुटबल संघले आग्रह गरेको खण्डमा निर्णय परिवर्तन गर्न सक्ने संभावना कायमै रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

Leave a Reply

Your email address will not be published.