यसरी डुब्दैछ इटहरी [फाेटाे फिचर]

मंगलबार बिहानदेखि पूर्वाञ्चल क्षाेत्रमा परेकाे अविरल वर्षाका कारण पूर्वाञ्चलका अधिकांश जिल्लाहरू डुबानमा परेका छन्। वर्षाले सुनसरीका बिभिन्न भागहरू जलमग्न बनेका छन्। लागातारको मुशलधारे बर्षापछि जलाशयहरुमा पानीको सतह बढेर आएको बाढीले सुनसरीका अधिकांश क्षेत्र डुबानमा परेका हुन्।

Itharu Duban 08सुनसरी खोला र सुनसरी मरिया खोलामा आएको बाढीले सुनसरीको बबिया, जल्लापुर, भुटाहा, नरसिङ, वसन्तपुर, गौतमपुर, भोक्राहा, लौकही, मधुवन लगायतका क्षेत्र बढी प्रभावित भएको छ। सो क्षेत्रका अधिकांश घरहरुमा बाढी पसेपछि सर्वसाधारणको विचल्ली भएको छ।

Itharu Duban 04त्यसैगरी इटहरीको टेंग्रा, बुढी पुल लगायत आसपासका स्थानहरुमा रहेका खोला तथा नालाहरुमा पानीको बहाब बृद्धी हुँदा पानी सोझै मानव वस्तिमा प्रवेश गरेको छ। स्थानीय ठूला खोलाहरुमा आएको बाढी सीधै मानव वस्तिमा प्रवेश गरेपछि इटहरी उपमहानगरपालीकाका करीब २५ हजार बढी स्थानीयहरु प्रभावित बनेका छन्। पूर्वकाे केन्द्र र प्रदेश नं १ काे साविक राजधानी भनेर मानिने इटहरी उपमहानगरपालिकामा अाकासबाट परेकाे पानी र भुइमा जमेकाे पानि ब्यवस्थापनका लागि उचित ढलकाे ब्यवसथा हुन नसक्दा उपमहानगरवासी बर्षेनी डुबानकाे चपेटामा पर्ने गरेका छन्।

Itharu Duban 05यस्तै, सुनसरी मोरङको सिमनामा रहेको बुढी खोला र इटहरीको ट्याङ्ग्रा खोलामा आएको बाढीले इटहरीका अधिकांश क्षेत्र पनि डुबानमा परेका छन्। खोलामा आएको बाढी र आकाशबाट परेको पानीको निकास नहुदा इटहरीको चौक क्षेत्रका सय बढी घर तथा पसल डुबानमा परेको छ। वर्षाले इटहरी बिराटनगर रोड समेत जलमग्न बनाएको छ जसका कारण यातायातका साधनहरु सञ्चालनमा कठिनाई भइरहेको देखिएको छ।  इटहरी उपमहानगरपालीका अन्र्तगत पकली, हाँसपोसा, एकम्बा, खनार, लगायतका स्थानहरु समेत बाढीले डुबान बनाएको छ।

Itharu Duban 06त्यसै गरी सुनसरी मोरङ औद्योगिक करीडोर समेत बर्षाका कारण जलमग्न बनेको छ। वर्षाका कारण जिल्लामा के कतीको नोक्सानी भएको छ त्यस्को विवरण आउन बाँकी रहेको जिल्ला दैवी प्रकोप उद्धार समिति सुनसरीका अध्यक्ष तथा प्रमुख जिल्ला अधिकारी माेहन चापागार्इले बताए।

Itharu Duban 07

Itharu Duban 01

Itharu Duban 05

Leave a Reply

Your email address will not be published.