तमलोपाको पहिलो महाधिवेशन आजदेखि नवलपरासीमा सुरु

तराई मधेस लोकतान्त्रिक पार्टीको पहिलो राष्ट्रिय महाधिवेशन आजबाट सुरु हुँदैछ । मध्यान्ह १२ बजे महाधिवेशन नवलपरासीमा सुरु हुनेछ । रामग्रामस्थित स्थानीय आर्दश उच्चमाविमा तीनदिनसम्म चल्ने महाधिवेशनमा काठमाडौ उपत्यकाका तीन जिल्लासहित २५ जिल्लाबाट १ हजार प्रतिनिधि र ४ सय पर्यवेक्षक आउने तपलोपाले जनाएको छ ।

तमलोपाले पार्टी स्थापनको नौ वर्षपछि पहिलोपटक महाधिवेशन गर्न लागेको हो । निर्वाचन आयोगले ०७३ असारभित्र पार्टीको महाधिवेशन गर्न निर्देशन दिएपछि आन्दोलनकै बीच तमलोपा महाधिवेशनमा गएको हो ।

महाधिवेशनको उद्घाटनपछि आजै विधान प्रतिनिधिहरुमाझ विधान संशोधन तथा परिमार्जन समितको प्रतिवेदनमाथि छलफल हुने कार्यक्रम रहको छ ।

बृशेषचन्द्र लालको नेतृत्वमा बनेको राजनीतिक दस्तावेज तयारी समितिको प्रतिवेदन र सर्वेन्द्रनाथ शुक्ल नेतृत्वको नीति तथा कार्यक्रम निर्माण समितिको प्रतिवेदन माथि समेत महाधिवेशनमा छलफल हुनेछ । महाधिवेशनले पार्टीको आगामी कार्यदिशा तय गर्नेछ ।

Leave a Reply

Your email address will not be published.