फोरम लोकतान्त्रिकमा रामजनम चौधरीको उपाध्यक्षमा बढुवा

गत वैशाख २०, २१, २२ र २३ गते विराटनगरमा प्रथम अधिवेशनपछि बसेको पहिलो केन्द्रीय समिति बैठकले चार उपाध्यक्ष मनोनयन गर्दा देव पर्न सकेनन्। आइतबार घोषणा गरिएका पदाधिकारीमध्ये चार उपाध्यक्षमा रामेश्वर राय यादव, नसिर सिद्दिकी, आशा चतुर्वेदी र रामजनम चौधरी छन्।

वर्तमान गठबन्धनको सरकारबाट पार्टी अलग हुनुपर्छ भन्ने धारणा राख्दै आएका निवर्तमान उपाध्यक्ष जितेन्द्रनारायण देवले नवगठित पदाधिकारी मनोनयन हुँदा उक्त जिम्मेवारी पाएनन्।

त्यस्तै, महामन्त्रीमा भारतेन्दुकुमार मल्लिक र सहमहामन्त्रीद्वयमा चन्द्रेश्वर शर्मा खत्वे र हरिप्रसाद न्यौपाने ल्याइएका छन्। ४२ सदस्य महाधिवेशनबाट निर्वाचित लोकतान्त्रिकले आइतबार थप ८२ सदस्यलाई केन्द्रीय समितिमा ल्याएको छ।

Leave a Reply

Your email address will not be published.