नेपाली चढेको बसमाथि आत्मघाति बम अाक्रमण, १४ को मृत्यु

अफगानिस्तानको राजधानी काबुलमा सोमबार बिहानै भएको आत्मघाति बम विस्फोटनमा नेपालीको मृत्यु भएको छ। समाचार संस्थाहरुले नेपाली सुरक्षा गार्ड चढेको बस आत्मघाति हमलामा परेको उल्लेख गरेका छन्।

काबुल प्रहरी प्रमुख अब्दुल रहमान रहमीले घटनामा मृत्यु हुनेहरु नेपाली र अफगानी रहेको बताए। कति नेपालीको मृत्यु भएको हो भन्ने उनले खुलाएनन्।

गृह मन्त्रालयका प्रवक्ताले ट्विट गर्दै १४ को मृत्यु भएको पुष्टि गरेका छन्। स्थानीय सञ्चारमाध्यमहरुले सो घटनामा २२ को मृत्यु भएको जनाए पनि सो संख्या आधिकारिक रुपमा पुष्टि भइसकेको छैन।

बिहान ५ बजे सुरक्षा गार्ड चढेको बस लक्ष्यित गरी काबुलको पुल ए चार्खिल क्षेत्रमा सो आत्मघाती बम विस्फोट भएको थियो।

Leave a Reply

Your email address will not be published.