गच्छदारले मुख फेरे, भने- सरकार छाड्दैनौं

मधेसी जनाधिकार फोरम लोकतान्त्रिकका केही नेताले सरकार छाड्ने बताइरहेका बेला पार्टी केन्द्रीय समितिले भने तत्काल सरकारबाट नहट्ने निर्णय गरेको छ। आइतबार पार्टी मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष विजयकुमार गच्छदारले उक्त जानकारी दिएका हुन्।

एक उपप्रधानमन्त्रीसहित एक मन्त्री र एक राज्यमन्त्रीको जिम्मेवारी पाएको लोकतान्त्रिकले वर्तमान सरकारबाट तत्काल नहट्ने निर्णय गरे पनि देशमा व्याप्त राजनीतिक समस्या समाधानका लागि राष्ट्रिय सहमतिको सरकारको आवश्यकतामा जोड दिएको छ।

गच्छदारले भने, ‘राष्ट्रिय सहमतिको सरकार नबनुन्जेल वर्तमान गठबन्धन सरकारको औचित्य कायमै छ।’

Leave a Reply

Your email address will not be published.