नयाँ शक्तिका कैलाली संयोजकलाई प्रश्न- तपाईँ आफूलाई कसरी नयाँ भन्नुहुन्छ?

नयाँ शक्ति नेपालको आवश्यकता किन पर्यो?
आजसम्म नेपालमा जे-जति आन्दोलन भए ति सबै व्यवस्था फेर्नलाई भए। तर अब नेपालमा संविधान सभाद्धारा संविधान बनिसकेपछि थुप्रै राजनीतिक मुद्दाहरु सम्बोधन गरिएका छन्। अब यसैमा टेकेर मुलुक आर्थिक सम्बृद्धिमा जानुपर्छ । तर आर्थिक सम्बृद्धि यी पुरानो पार्टीहरुको गलत कार्यशैलीले आर्थिक सम्बृद्धि जस्तो गम्भीर मुद्दा यी पुरानो पार्टीबाट सम्भव नभएकोले वैकल्पिक राजनीतिक विचारधारासहितको नयाँ शक्ति नेपाल पार्टीको आवश्यकता परेको हो।नयाँ शक्ति नेपालको मुख्य एजेण्डा के हो?

नयाँ शक्ति नेपालको मुख्य एजेण्डा अब आन्दोलन, क्रान्ति, विद्रोह होइन, देशको आर्थिक सम्बृद्धि नै मुख्य एजेण्डा हो यसको लागि हाम्रो पार्टीले मुख्य दुई वटा नारा अगाडि सारेको छ। ‘अबको निकास आर्थिक विकास र आर्थिक सम्बृद्धि सम्भव छ हाम्रै पालामा।’ यी दुई वटा एजेण्डालाई लिएर पार्टी अगाडि बढ्नेछ।

नयाँ शक्ति नेपालको राजनीतिक दर्शन के हो?
नयाँ शक्ति नेपालको राजनीतिक दर्शन बाम लोकतान्त्रिकमा आधारित हुनेछ। किनकि अब हाम्रो देशलाई कुनै वादसँग जोडिएको कुनै पनि दर्शनले देशको निकास दिन सक्दैन , हामी थुप्रै दर्शनमा आबद्ध भएका छौं। बामपन्थी गैरबामपन्थी सबैलाई गोल बन्द गर्नसक्ने विचारको आवश्यकता परेकाले बाम लोकतान्त्रिक विचारले नै अहिले सम्पूर्ण नेपालीलाई एकताबद्ध गर्न सक्छ।

बाबुराम भट्टराई पनि प्रधानमन्त्री, अर्थमन्त्री भइसकेको र तपाईँ पनि सभासद भइसकेको तर तपाईँहरुले आफूलाई कसरी नयाँ भन्नुहुन्छ?
बाबुराम भट्टराई र मलगायत थुप्रै मन्त्री सभासद भइसकेका मान्छेहरु नयाँ शक्तिमा आबद्ध छौं। ओहदाको हिसाबले हामी मन्त्री सभासद भइसकेपनि हामी सम्पूर्ण अवसरलाई त्यागेर सडकमा गएर नयाँ शक्ति बनाउनलाई अह्वान गर्यौं। यो नै राजनीतिक नेता कार्यकताको लागि सबै भन्दा ठूलो त्याग हो। सबै अवसर त्यागेर देश र जनताको सेवा गर्ने आँट गरेकाले हामी नयाँ शक्ति बनाउने उपयुक्त पात्र हौं भन्ने मलाई लाग्छ। किनकि नेपालमा नयाँ शक्तिको आवश्यकता थियो त्यसो हुँदाखेरी कसै न कसैले यसको सुरुबाट गर्नैपर्ने थियो। त्यसको सुरुवाट डा. बाबुराम भट्टराईको नेतृत्वमा हामी लगायतले गर्यो।

राष्ट्रिय भेलाको लागिको प्रतिनिधि छनौटमा पनि विवाद चर्कियो भन्ने सुनिन्छ नि?
यो सामाचार पूर्णरुपमा निराधार हो। त्यस्तो कुनै विवादै भएको थिएन, १६ सय प्रतिनिधिलाई प्रतिनिधि कार्ड वितरण गर्दा सामान्य असहजता उत्पन्न हुन्छ नै त्यसलाई विवादकैरुपमा मान्न सकिँदैन।

सांसद बन्नलाई स्नातक हुनुपर्ने कुरा आयो नि?
सांसद बन्नलाई स्नातक हुनुपर्ने कुरा हाम्रो पार्टीको राष्ट्रिय भेलामा सामान्य छलफलको विषयमात्र बनेको थियो । तर पार्टी र सरकारको कुनै पनि ओहदामा बस्नलाई कुनै पनि योग्यताको किटान हाम्रो पार्टीको विधानमा उल्लेख गरिएको छैन र गर्नु पनि हुँदैन । कुनै पनि ओहदाको लागि योग्यताको किटान गर्ने व्यवस्था शहरको लागि उपयुक्त होला तर दुर्गम गाउँमा बस्ने जनताको लागि यो उपयुक्त हुँदैन किनकि प्राय पढेलेखेका मान्छेहरु शहर केन्द्रीत हुन्छन्।

अन्त्मा, देशको सम्बृद्धि चाहने सम्पूर्ण देशबासीहरु सकारात्मक सोचका साथ नयाँ शक्ति नेपालको झण्डामुनि गोलबन्द हुन अह्वान गर्छु।

कृष्णकुमार चौधरीसँग उन्नति चौधरीले गरेको कुराकानी।/कोसेलीन्युजबाट

Leave a Reply

Your email address will not be published.