रोबोर्टबाट देहव्यापार !

रोबोर्टको सहयोग लिने क्रम बढेसँग रोजगारीका अवसर कम हुँदै गएको विश्लेषण सर्वत्र भइरहेका बेला अब रोबोर्टले देहव्यापारीलाई पनि पाखा लगाउनसक्ने आँकलन एउटा अनुसन्धानले गरेको छ ।
संसारकै ठूलो देहव्यापार केन्द्रमध्येमा पर्ने नेदरल्यान्डको एम्सटर्डमको रेड लाइट एरियाबारे गरिएको एउटा ताजा अनुसन्धानले यस्तो निष्कर्ष निकालेको हो । देहव्यापारीलाई रोबोर्टले विस्थापन गरे यसका अनेक फाइदा हुने चर्चासमेत अनुसन्धान प्रतिवेदनमा गरिएको छ । ‘यौन रोगको संक्रमण, महिलाको तस्करी, देहव्यापार अथवा अनाधिकृत मैथुनमा संलग्न भएबापत हुने ग्लानिजस्ता समस्या यसबाट हट्ने देखिन्छ,’ प्रतिवेदनमा भनिएको छ ।

बेलायती पत्रिका मिररका अनुसार ‘रोबोट्र्स, म्यान एन्ड सेक्स टुरिजम’ शीर्षकको प्रतिवेदनमा जनाइएअनुसार सन् २०५० सम्ममा देहव्यापार केन्द्रमा ठूलै परिवर्तन आउनेछ । ‘महिलाको स्थान रोबोर्टले लिनेछन्, र यसबाट अनेक लाभ मिल्नेछ,’ अनुसन्धानमा संलग्न न्युजिल्यान्डस्थित युनिभर्सिटी अफ वेलिङगटनका शोधकर्ता इरान योमनले भने ।

Leave a Reply

Your email address will not be published.