अभिनेत्री सरस्वती चौधरीलाई पुत्री लाभ

लामोको प्रेम सम्बन्धलाई सार्थक पार्दै गत वर्ष वैवाहिक जीवनको सुरुवात गरेका अभिनेता प्रवीण खतिवडा र सरस्वती चौधरीलाई पुत्री लाभ भएको छ। शनिबार राजधानीको मोर्डन अस्पतालमा साढे तीन केजीको छोरीलाई कलाकार सरस्वतीले जन्म दिएकी हुन्।

कलाकार सरिता गिरीले अभिनेता प्रवीण र कलाकार सरस्वतीको छोरीको फोटो फेसबुकमार्फत सार्वजनिक गर्दै बधाई र शुभकामना दिएकी थिइन्। ‘बधाई छ प्रवीण र सरस्वतीलाई घरमा लक्ष्मी भित्रिइन्,’ फोटोसहित उनले लेखेकी छिन्। हाल ‘अनागत’ फिल्मको सुटिङमा व्यस्त अभिनेता प्रवीणले निर्देशन ‘ऊ कस्को?’ नामक नाटक गत महिना मण्डला थिएटरमा मञ्चन भएको थियो।

गुरुकुलबाट अभिनय यात्रा सुरु गरेको अभिनेता प्रवीणले करिब तीन दर्जन नाटकमा अभिनय गरेका छन् भने आधा दर्जन बढी नाटकको निर्देशन गरेका छन् । उनले ‘उमा’, ‘ढुवानी’ र ‘सिहंदरवार’ लगायतमा अभिनय गरिसकेका छन्।

Leave a Reply

Your email address will not be published.