दाङमा दहितहरूक भेला, ढुन्डीराज अध्यक्ष

सन्ताेष दहित/दाङ

दाङमा बस्दै आएका थारु समुदायका दहितहरुको भेला सम्पन्न भएको छ । थारु समुदायका दहित थरहरुको परम्परागत कला, सँस्कृति, रीतिरिवाजको संरक्षण र प्रवद्र्धन गर्ने उद्देश्यले भएको भेलाले ढुन्डीराज चौधरीको अध्यक्षतामा ११ सदस्यीय दहित समाज गठन गरिएको छ ।

समाजको उपाध्यक्षमा छेदु चौधरी, सचिवमा बुद्धिराम चौधरी, कोषाध्यक्षमा जीवन चौधरी, सहसचिवमा धनिराम चौधरी, सदस्यमा माधव चौधरी, बलबहादुर चौधरी, लक्ष्मण चौधरी, मानसिंङ चौधरी, हरिप्रसाद चौधरी, फुलपाति चौधरी र जुद्धबहादुर चौधरी छन् ।

स्थानीय ढुण्डीराज चौधरीको अध्यक्षतामा तथा बुद्धिजीबी एवम पूर्व सभासद महेश चौधरीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो । कार्यक्रममा बुद्धिजीबी महेश चौधरीले दहितहरुले मान्दै आएको चाडपर्व, पूजापाठ, तथा दहितरुको कला सँस्कृति लोप भइरहेकाले त्यसको संरक्षणका लागि दहितहरु एक भएर अगाडि बढ्नुपर्ने बताए ।

त्यसैगरी जिल्लामा कति दहितहरु बस्दै आएका छन् त्यसको तथ्यांक संकलन गरेर दहितहरुलाई अफ्ठ्यारो परेको बेला दहित समाजबाट सहयोग गर्न सकिने चौधरीले बताए। कार्यक्रममा छल्लु चौधरी, तिलु चौधरी लगायतले बालेका थिए भने कार्यक्रमको सञ्चालन बुद्धिराम चौधरी गरेका थिए ।

भेलामा विभिन्न गाउँबाट करिब ८०÷९० जना दहितहरुको उपस्थिति थियो । भेलाले ३ महिनाभित्र जिल्ला स्तरीय दहित सम्मेलन गर्ने निर्णय भएको दहित समाजका सचिव बुद्धिराम चौधरीले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published.