नयाँ शक्तिको राष्ट्रिय भेला जेठ अन्तिम हप्ता, एक लाख संस्थापक सदस्य सहभागी हुने

नयाँ शक्ति नेपालको पार्टी स्थापना राष्ट्रिय भेला यही जेठ ३०, ३१ र ३२ गते काठमाडौँमा हुने भएको छ।पार्टीले आज केन्द्रीय कार्यालय बबरमहलमा आयोजना गरेको पत्रकार सम्मेलनमा जेठ ३० गते पार्टीको स्थापना घोषणासभा दशरथ रङ्गशालामा एवम् ३१ र ३२ गते बन्दसत्र नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने जनाएको छ ।

‘एक लाख संस्थापक सदस्यको सहभागितामा हुने भेलाले ऐतिहासिक रुपमा नयाँ शक्तिको घोषणा सहित सामूहिक शपथग्रहण कार्यक्रम हुनेछ”, पार्टीका संयोजक डा बाबुराम भट्टराईले भने।

उनले एकीकरण नभई ध्रुवीकरण अहिले मुलुकको आवश्यकता भएको बताए। डा भट्टराईले भने, ‘एकीकरण पुरानै कुरालाई जोड्ने र ध्रुवीकरण भनेको जगैदेखि नयाँ सिर्जना गर्ने भएकाले ध्रुवीकरणका पक्षमा हामी छौँ, नेपाली इतिहासले नयाँ विचार खोजेकाले ध्रुवीकरण अहिले आवश्यक भएको छ,’ भने।

राजनीतिक प्रतिवेदन, आर्थिक समृद्धिको कार्ययोजना एवम् आन्तरिक सङ्गठनको आधार तथा विधानलाई जेठ ११ र १२ गते बस्ने सचिवालयको बैठकले अन्तिम रुप दिई सबैको सुझावका लागि सार्वजनिक गरिने पनि उहाँले जानकारी दिए। नयाँ राजनीतिक धार एक्काइसौँ शताब्दीको चुनौती सामना गर्न सक्ने गरी विचार ल्याउन लागिएको पूर्वप्रधानमन्त्री डा भट्टराईले बताए।

भेला सम्पन्न गर्न १४ उपसमिति गठन गरिएको नेता खिमलाल देवकोटाले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.