प्रेस चौतारी प्रदेश पाँचको उपध्यक्षमा सविन प्रियासन चौधरी

प्रेस चौतारी नेपालको आठौं महाधिवेशनले अध्यक्षमा चौतारीका सल्लाहकार गणेश बस्नेतलाई सर्वसम्मतिले चयन गरेको छ। त्यस्तै वरिष्ठ उपाध्यक्षमा माधव नेपाल, महिला उपाध्यक्षमा टीका विष्ट, समावेशी उपाध्यक्षमा सइन्द्र राई, प्रदेश नं १ उपाध्यक्षमा लीलाराज भट्टराई, २ मा लालबाबु शेष, ३ मा विश्वमणि सुवेदी, ४ मा गणेश पाण्डे, ५ मा सविन प्रियासन चौधरी, ६ मा वीरबहादुर गिरी र ७ मा नरेन्द्र साउद छन्। चौतारीका महासचिवमा राजेश राई तथा उपमहासचिवमा रामकुमार एलन र हिरामान लामा निर्वाचित भएको घोषणा नेकपा(एमाले)का सचिव योगेश भट्टराईले गरे।

यसैगरी खुला सचिवमा भरत केसी, अमृतनाथ तिमिल्सिना, रामकृष्ण शर्मा र सुरोजङ्ग पाण्डे, मधेसी सचिवमा भउचप्रसाद यादव, जनजाति सचिवमा देविका घर्ती मगर र दलित सचिवमा हेमकर्ण विक चुनिए।

कोषाध्यक्षमा इन्द्र आचार्य तथा लेखा र अनुशासन आयोगका संयोजकमा क्रमशः विक्रम लुइँटेल र जे पाण्डे घोषित भए। बाँकी सदस्यको निर्वाचन प्रक्रिया शुक्रबार बिहान सुरु हुने निर्वाचन समितिका संयोजक तीर्थ कोइरालाले जानकारी दिए। रासस

Leave a Reply

Your email address will not be published.