‘महाकाली, कर्णाली बेच्नेहरु थारुलाई राष्ट्रियताको पाठ नसिकाए हुन्छ’

थरुहट तराई पार्टी नेपालका वरिष्ठ नेता एवं सांसद गोपाल दहितले शनिबार अन्नपूर्णपोस्टमा प्रकाशित समाचारप्रति कडा आपत्ति जनाएका छन्। उनले उक्त समाचारलाई जलनको रुपमा ब्यख्या गरेका छन्। उनले स्वदेशी र विदेशी स्रोत साधनको र अवसरमा सदियौंदेखि ब्रह्मलुट मच्चाउनेहरुको अन्तर मनबाट जलनको बु नस्किएको उल्लेख गरेका छन्।

‘यो समाचार होइन, डाहा र जलन हो। स्वदेशी र बिदेशी श्रोत, साधन र अवसरमा सदियौंदेखि ब्रम्हलुट मच्चाउनेहरुको अन्तर मनबाट निस्केको जलनको बू हो,’ उनले भनेका छन्।

उनले कोशी गन्डकी बेच्नेहरुले यहाँका आदिवासी थारुलाई राष्ट्रियता नसिकाउन आग्रहसमेत गरेका छन्। ‘कोसी, गन्डकी, महाकाली, कर्णाली सबै बेच्नेहरुले यहाँका थारुसहित आदिवासी जनजाति, मधेसी, दलितलाई राष्ट्रियता र राष्ट्रबादको पाठ नसिकाए हुन्छ। नेपालका धरतिपुत्र थारु, मगर, गुरुङ, नेवार, तामाङ, आदि समुदयाको भाषा, संस्कृति, परम्परा, आदिवासी ज्ञान संरक्षणको लागि सिन्को नभाच्ने, छिमेकी मित्र राष्ट्रले सहयोग गरे जलन गर्ने यो उनीहरुको नस्लिय परम्परा हो,’ उनले भनेका छन्।

यसर्थ थारुलगायत सबैले आफ्नो समुदायको उन्नति र प्रगतिको लागि जसले स्वच्छ दिलका साथ सहयोग गर्छ, त्यसलाई आत्मसाथ गरेर अगाडि बढ्नु नै उत्तम हुने उनको भनाई छ।

यो पनि पढ्नुस्: 

थारूमाथि भारतीय नजर, नेपाल-भारत थारु सहकार्य संघको गठनमा धनिराम चौधरीको आपत्ति

Leave a Reply

Your email address will not be published.