जंग्रार साहित्यिक बखेरीले सात पुस्तक प्रकाशन गर्ने

jangrar

जंग्रार साहित्यिक बखेरीले २०७३ सालभित्र ७ साहित्यिक पुस्तक प्रकाशन गर्ने रणनीतिक योजना पारित गरेको छ । बर्दिया जिल्लाको गुलरीया नगरपालिकामा हालै सम्पन्न बैठकबाट जसाबले थारु साहित्यको विकास र दस्ताबेजीकरणलाई महत्व दिंदै यस्तो निर्णय गरको हो ।

साठीको दशकमा थारु साहित्य मौलाएको, साथसाथै जंग्रार साहित्यिक बखेरीको अभियानले यूवा साहित्यकारहरुलाई थारु साहित्य प्रति चासो बढेको सहभागीहरुले समिक्षात्मक टिप्पणी गरेका थिए । जसाबले गाऊँ ठाऊँको बस्तुस्थिति प्रति चासो राखी सचेतनामूलक साहित्य सृजना गरेर बाचन गर्दै आएको छ । यसका साथै थारु लोक साहित्यको खोजमूलक अभियान पनि गर्दै आएको छ ।

कार्यक्रमका प्रमुख अतिथि रहेका जसाब साउदी शाखाका संयोजक अभागी कुमार चौधरीले थारु साहित्यको विकास र प्रबद्र्धनमा जसाबको ठुलो भूमिका औंल्याउँदै सामाजिक सञ्जाल मार्फत अझै पनि यूवाहरुलाई प्रोत्साहन गर्नुपर्ने, पुस्तक प्रकाशनमा संख्यात्मकरुपमा बृद्धि गर्न सकेका प्रभावकारी हुने बताए ।

जसाबका अध्यक्ष सोम डेमनडौराको अध्यक्षतामा बसेको बैठकले यूवा साहित्यकारको लेखनलाई प्रभावकारी बनाउन बिभिन्न गाउँठाऊँमा साहित्यिक पुस्तक प्रदर्शनी समेत गर्ने जनाएको छ । यसका साथै आवश्यकता अनुसार जसाबले देशका बिभिन्न जिल्ला र स्थानहरुका साथै अन्तर्राष्ट्रिय स्तरमा समेत शाखा र उपशाखा बिस्तार गर्ने लक्ष्य रहेको जसाबका अध्यक्ष डेमनडौराले बताए । जंग्रार साहित्यिक बखेरीले हालसम्म तीन वटा गजल संग्रह प्रकाशन गरी सकेको छ ।

Leave a Reply

Your email address will not be published.