‘सयौं वर्षदेखि ब्राह्मण समुदायको मात्रै शासन सत्तामा वर्चस्व छ, यो जातीय राज्य होइन ?’

ashok-rai

सङ्घीय समाजवादी फोरम नेपालका वरिष्ठ नेता अशोक राईले नेपाल अहिलेसम्म जातीय राज्य भएको आरोप लगाएका छन्। सयौं वर्षदेखि ब्राह्मण समुदायको मात्रै शासन सत्तामा वर्चस्व हुनुले अहिलेको राज्य नै एकल जातीय राज्य भएको बताए।

पाँचथरको फिदिममा आएका उनले आज बिहान रासससित कुरा गर्दै आदिवासी, मधेसी, मुस्लिम, दलित समुदायलाई पाखा लगाएर एउटै समुदाय सत्तामा रहिरहने र सोही समुदायले उत्कृष्ट भनेको संविधान कामै नलाग्ने भएको बताए।

उनले आन्दोलन गरेर अब संविधान दुईवर्ष भित्रमा व्यवस्थापिका–संसद्बाट सशोधन गराएर कामलाग्ने बनाउनुपर्नेमा जोड दिए। संविधानले राष्ट्रिय एकता कायम गर्न नसक्ने पनि उनले बताए। उनले प्रधानमन्त्री केपी शर्मा ओलीले आदिवासीले अधिकार माग्दा साम्प्रदायिक र मधेसीलाई विखण्डनकारी भनेर होच्याउने गरेको पनि आरोप लगाए।

Leave a Reply to Zacharymub Cancel reply

Your email address will not be published.