इक्वेडरमा शक्तिशाली भूकम्प, कम्तिमा २८ को मृत्यु [भिडियो]

Earthquake Hits Near Ecuador's Coast

ल्याटिन अमेरिकी देश इक्वेडरमा ७.८ रिक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । भूकम्पमा परी अहिलेसम्म २८ जनाले ज्यान गुमाएको सरकारी अधिकारीहरुले जनाएका छन् । राजधानी क्योटो बाट १ सय ६० किलोमिटर परको म्युसिनी शहरलाई केन्द्रबिन्दु बनाउदै भूकम्प गएको हो । १९ किलोमिटर गहिराईमा मापन गरिएको भूकम्पले राजधानी क्योटोमा पनि ठूलो धक्का महसुस गरिएको थियो ।

भूकम्पले बढी मात्रमा प्रभाव परेका ६ वटा क्षेत्रमा सरकारले संकटकालको घोषणा गरेको छ । भूकम्पका कारण सुनामी आउने खतरा रहेको भन्दै सजग रहन उक्त क्षेत्रका बासिन्दालाई आग्रह गरिएको छ ।

भिडियो हेर्नुस्:

Leave a Reply

Your email address will not be published.