लेखीकाे पार्टी निर्वाचन अायाेगमा दर्ता

Nagarik Samajwadi Party

एक महिनाअघि पार्टी घोषण गरेका थारु नेता राजकुमार लेखीले औपचारिकरुपमा निर्वाचन आयोगमा पार्टी दर्ता गरेका छन् । लेखीले नागरिक समाजवादी पार्टी (नासपा) नामको पार्टी निर्वाचन आयोगमा मंगलबार दर्ता गराएका छन् । उनको पार्टीको दर्ता नम्बर ४६१० रहेको छ ।
लेखी आफैं संयोजक रहेको नासपामा ७० जना केन्द्रीय सदस्य छन् । पार्टीको प्रवक्ता राज थारुलाई राखेका छन् । लेखीका अनुसार पार्टीको संरचना पछि बनाइनेछ ।

‘हामी अझै पार्टी विस्तारमै छौं । पार्टी विस्तारपछि राष्ट्रिय सम्मेल गरेर पार्टीको संरचना बनाउनेछौं । अहिलेलाई म आफ्नै नेतृत्वमा पार्टी दर्ता गराएका छौं,’ लेखीले भने ।

उनले राष्ट्रिय सम्मेलनपछि पार्टीको अध्यक्ष अरु पनि हुनसक्ने बताए । ‘राष्ट्रिय सम्मेलनमा पार्टीको नेतृत्व अरुले पनि दाबी गर्न सक्छन् । त्यही भएर सबै पक्षलाई समेट्न हामीले सबै पद खुल्ला राखेका छौं,’ दर्तापछि लेखीले भने ।

उनले नासपा कुनै जातीय पार्टी नभएको प्रष्ट पारे । ‘यो मूलधारको पार्टी हो, कुनै जातीय पार्टी होइन,’ उनले भने, शान्तिपूर्ण संघर्ष गरेर पार्टीलाई उचाईमा पु¥याउने हाम्रो लक्ष्य छ ।’

उनले पार्टी विस्तार पनि ब्यापकरुपमा भइरहेको बताए । पूर्वी जिल्लाहरुमा गाउँ, नगर र जिल्ला समिति गठन भइसकेको उनले बताए । त्यस्तै पार्टीको विद्यार्थी फ्रन्ट पनि गठन भइरहेको उनले बताए । ‘पहिलो चरणमा हामीले पूर्वी जिल्लाबाट पार्टी विस्तामा लागेका छौं । छिट्टै मध्य र पश्चिम तथा पहाडी जिल्लामा पार्टी विस्तार गर्नेछौं,’ लेखीले भने ।

Leave a Reply

Your email address will not be published.