थारु विद्यार्थी समाज उपत्यका समितिमा दुई छुट्टाछुट्टै समूहले नयाँ कार्यसमिति बनाएको छ। अनामनगरस्थित तमुबौद्ध सेवा समितिको हलमा आयोजित भेलाले संजय चौधरी (सिराहा)को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति बनेको छ। अनामनगरमै भएको अर्को कार्यक्रममा विमल चौधरीको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्यसमिति गठन भएको छ।
यी दुबैले अध्यक्ष पदका लागि उम्मेदारी घोषणा गरेका थिए। तर गत शनिबार पाटन क्याम्पसमा आयोजित छैटौं अधिवेशनको उद्घाटन सत्रमा प्रतिनिधि विवादका कारण नयाँ नेतृत्व चयन हुन सकेको थिएन।
३० वटा कलेजमा विद्यान विपरीत इकाइ समिति गठन भएको भन्दै विमल चौधरीले उक्त कमिटी खारेजी गर्न निर्वाचन मण्डललाई निवेदन लेखेका थिए। निर्वाचन मण्डलले छानबिन गरेर १८ कलेज फर्जी देखिएको भन्दै ती कलेजका प्रतिनिधिहरुलाई बर्खास्त गरेको थियो। तर विमलले ३० वटै कलेजको खारेजी हुनुपर्ने माग गरेपछि विवाद चुलिएको थियो। जसअनुसार नभएपछि विमल चौधरी अधिवेशन वहिष्कार गरेर अनामनगरमै छुट्टै समानन्तर समिति गठन गरेका हुन्।
संजय चौधरीको नेतृत्वमा गठित कार्यसमितिको उपाध्यक्षमा सुनिता थनेत (नवलपरासीं), सचिवमा रोविन चौधरी (बारा), सहसचिवमा राजु चौधरी (कैलाली) र कोषाध्यक्षमा सुशिला चौधरी (बारा) निर्विरोध भए।
त्यस्तै सदस्यमा रुपेशकुमार राय थारु, नविन चौधरी (कैलाली), सोमनाथ चौधरी (रुपन्देही) साजन चौधरी (वर्दिया), उमेशकुमार चौधरी, राजेश चौधरी, रवि चौधरी, र रुवि चौधरी –उदयपुर) छन्।
यता विमल चौधरीको कार्यमसमितिको उपाध्यक्षमा निरा चौधरी, सचिवमा सञ्जिव चौधरी, सहसचिवमा दिनेश चौधरी र कोषाध्यक्षमा विशाखा चौधरी छन्। त्यस्तै, सदस्यहरुमा अधिकार चौधरी, महेश चौधरी, विनिता चौधरी, मनिषा चौधरी, सुलोचना चौधरी, कृष्णा चौधरी, सुजित चौधरी, चन्द्रप्रकाश चौधरी, राजेन्द्र चौधरी, नारायण चौधरी, मधुसुदन चौधरी र सुरेश चौधरी छन्।
विमल चौधरीले कुनै पनि हालतमा संजय चौधरीको समितिलाई नमान्ने बताए। अवैधानिक तरिकाले जबरजस्ती बन्दसत्र सम्पन्न गरेकाले संजय चौधरी नेतृत्वको कार्य समितिलाई आफूहरुले मान्य नहुने बताए।
तर छैटौं अधिवेशन मूल आयोजक समितिका संयोजक ओम थारुले संजय थारुको नेतृत्व नै वैधानिकता भएको बताएका छन्।
bimalg ko karya samiti ko lagi badhai xa
Bandar ko hat ma laddu