बामदेव गौतमले यादव भनेका राजा दंगिशरणको इतिहास यस्तो छ

Bamdev Gautam

नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतमले दंगाली राजा दंगीशरणलाई थारुको राजा नभई यादवको राजाको संज्ञा दिएका छन्। पार्टीको केन्द्रीय समितिमा प्रस्तुत गरेको उनको प्रतिवेदनमा दाङमा १६औं शताब्दीतिर दंगीशरण नाम गरेका यादवले राज्य खडा गरेको उल्लेख छ। कालान्तरमा उनका सन्तानहरुले थारूभाषा र थारू संस्कारलाई स्वीकारेपछि थारू जातिमै समाहित भएका थिए। दंगीशरणका कतिपय सन्तानले आफूलाई दहित भन्छन्। अथवा दुध दुहुने भनेर परिचय दिन्छन्। दंगीशरणले राज गरेका कारण दाङ नाम रहन गएको पनि कतिपयले भन्छन्। तर त्यो क्षेत्रको पहिले नै दाङ नामकरण भइसकेको थियो,’ उनको प्रतिवेदनमा उल्लेख छ।

ती यादव राजाले त्यहाँका थारू समुदायलाई सम्मान गर्न आफूलाई तिमीहरुको शरणमा आएको छु भन्ने अर्थ बुझाउन आफूलाई दंगीशरण भनेको प्रतिवेदनमा भनिएको छ। ‘दंगीशरण दाङका मूल बासिन्दा नभई बाहिर कतैका थिए। दंगीशरणको राज्य वास्तवमा राज्यमा विकसित नभइसकेको रजौटाको अवस्थाको मात्र थियो,’ प्रतिवेदनमा भनिएको छ।

को हुन् दंगिशरण ?

dangisarn rajaकरिब एक हजार वर्ष अगाडि दाङको उरहरी गाविस वडा नं. ९ सुकौराकोटमा थारु राजा दंगिशरणले राज्य गरेको कुरा सबैलाई थाहा छ। अहिले पनि थारु राजा दंगिशरणको दरबारका केही भागहरु देखिन सकिन्छ। दरबारको दक्षिणतिर ठूल्ठूला तलाउ छन् भने पूर्वतिर मन्दिर। थारु जातिले पूजाआजा गर्दै आएको भुइह्यारको भवन अझै पनि छ। तर त्यो ठाँउमा थारु जातिका राजा दंगीशरणले गरेका हुन् या अरु जातिले भन्ने कुराको विवाद भने कायमै छ। तथापि थारु जातिको अगुवा तथा बुद्धिजीबीहरुले भने त्यो ठाँउमा थारु जातिका राजा दंगिशरणले राज्य गरेको दाबी गर्दै आएका छन्।

त्यसैको आधारमा दाङका थारुहरुले थारु राजा दंगिशरणले राज्य गरेका हुन् भन्ने राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा प्रचारप्रसार होस् भनि २०६३ सालमा ऐतिहासिक दंगिशरण थारु राजा महोत्सवको आयोजना गरेका थिए। उक्त महोत्वसका उद्‍घाटन तत्कालीन उपप्रधानमन्त्री तथा नेकपा एमालेका वरिष्ठा नेता केपी ओलीले गरेका थिए।

महोत्सवमा २२ जिल्लाका थारुहरुको भेषभेषा, कला, संस्कृति, नाचगान प्रदशन गरिएको थियो। त्यसपछि पुरातत्व विभागले उक्त ठाँउमा कस्ले राज्य गरेको हो भनि पत्ता लगाउनलाई उत्खनको लागि काम अगाडि बढाएको थियो। सोहीअनुसार पुरातत्व विभागले अनुसान्धानको लागि २ पटक उत्खनन् गरिसकेको छ। विस्तृत पढ्नुस्

यो पनि पढ्नुस्:

थारुको इतिहास र राजा दंगिशरण

थारु राजा दंगीशरणको बिहे सम्पन्न 

थारु राजा दंगिशरणको उत्खनन कोट्याउँदै

बामदेवको खुलासा : थरुहट राज्य कहिल्यै अस्तित्वमा थिएन

Leave a Reply

Your email address will not be published.