बामदेवको खुलासा : थरुहट राज्य कहिल्यै अस्तित्वमा थिएन

Bamdev Gautam

नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मधेस र थरुहट राज्य कहिल्यै अस्तित्वमा नभएको बताएका छन् । साथै उनले बहुराष्ट्रिय राज्यको माग नेपाल विखण्डन गर्ने माग भएको समेत बताएका छन् । अखिल नेपाल किसान महासंघको राष्ट्रिय सम्मेलनका लागि गौतमले तयार पारेको सैद्धान्तिक-राजनीतिक प्रतिवेदनमा तराई-मधेसमा भएको आन्दोलन राष्ट्रिय स्वतन्त्रता, अखण्डता एवं सार्वभौमसत्ता विरुद्ध भएको बताएका छन् ।
नेपालमा मधेस राष्ट्र कहिल्यै नभएको भन्दै उनले भनेका छन्- ‘मधेस नामको राज्य कहिल्यै भएन, आज पनि छैन र भविष्यमा पनि हुने छैन । यो विषय आन्दोलन गरेर, नाकाबन्दी लगाएर, केही व्यक्तिलाई मारेर र नेपालमाथि आक्रमण गरेर पनि स्वीकार्य हुँदैन ।’

नेपाल राष्ट्रभन्दा अर्को राष्ट्र नभएको र नहुने भन्दै गौतमले भने, ‘नेपाललाई कुनै पनि सर्तमा र कुनै पनि अवस्थामा बहुराष्ट्रिय राज्य मान्न सकिन्न ।’

गौतमले आफ्नो राजनीतिक प्रतिवेदनमा मधेसीबारे लामै लेखेका छन् । इतिहासको कुनै काल खण्डमा भारतको उत्तर प्रदेशको ठूलो हिस्सामा मध्यदेश भएको र नेपाल आएका त्यहाँका व्यापारीलाई ‘मधेसी’ भनिएको उनले बताएका छन् ।

एमाले उपाध्यक्ष गौतमले तथ्यसङ्गत मान्न सकिन्न’ उनले भनेका छन् ।

गौतमले अघि लेखेका छन्, ‘राष्ट्र छैन, र राज्य पनि छैन । न त विगतमा कहिल्यै थरुहट राज्य थियो, न मधेश राज्य नै । आज कुनै विदेशीको उक्साहटमा मधेस र थरुहटको नाममा राष्ट्र माग्दैमा त्यो अवास्तविक कुरा वास्तविक हुन सक्दैन ।’

अनलाइनखबरबाट

Leave a Reply

Your email address will not be published.