थारु विद्यार्थी समाजको उपत्यकामा विमल र संजय भिड्ने

Bimal Vs Sanjay

थारु विद्यार्थी समाज उपत्यका समितिको छैटौं महाधिवेशन चैत २७ गते हुने भएको छ। अधिवेशन पाटन मल्टिपल क्याम्पसको सभाहलमा हुने उपत्यका समितिका अध्यक्ष ओम थारुले जानकारी दिए। उनका अनुसार कार्यक्रमको प्रमुख अतिथि राष्ट्रिय आयोजन आयोगका सदस्य डा. कृपाप्रसा विन्दु रहनेछन्।

छैटौं अधिवेशनले नयाँ कार्यमसति चयन पनि गर्नेछ। जसका लागि सचिव विमल चौधरी र सदस्य संजय चौधरीले अध्यक्ष पदका लागि उम्मेदवारी दिने भएका छन्। दुबैले आ-आफ्नो प्यानल घोषणा गर्ने बताएका छन्। दुबै उम्मेदवारले थारु विद्यार्थीको हकहितका लागि काम गर्ने बताएका छन्।

सचिव विमल चौधरीले फेसबुकबाट उम्मेदवारी घोषणा गरेका छन्। ‘अब हुनगइरहेको नयाँ नेतृत्वका लागि म अध्यक्षको उमेदवार भएको यहाँहरुमा जानकारी गराउन चाहन्छु,’ उनले फेसबुकमा लेखेका छन्।

त्यस्तै संजय चौधरीले पनि आफू अध्यक्षको उम्मेदवारी दिने बताए। उनले थारुवानसँग कुरा गर्दै आफ्नो छुट्टै प्यानलसहित उम्मेदवारी घोषणा गर्ने बताए।

३० भन्दा बढी कलेजबाट प्रतिनिधिहरु सहभागी हुने बताइएको छ। जसअनुसार प्रत्येक कलेजबाट तीन जना प्रतिनिधि र दुई जना प्रर्यवेक्षक रहनेछ। तीन जना प्रतिनिधिमा एक जना महिला अनिवार्य हुनुपर्ने आयोजकले बताएको छ।

Leave a Reply

Your email address will not be published.