नेपाली कांग्रेसको संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेलले उम्मेदवारी दिएका छन्। सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा दुबैले मनोनयन दर्ता गरेका हुन्। देउवाको प्रस्तावकमा फर्मुला मन्सुर समर्थकमा पद्मनारायण चौधरी छन्। चौधरी १३औं महाधिवेशनमा पौडेल कोटाबाट केन्द्रीय सदस्यका उम्मेदवार थिए। उनी पराजित पनि भए।
त्यस्तै पौडलको प्रस्तावक प्रकाशमान सिंह र समर्थक शशांक कोइराला छन्। पौडेलले पार्टीभित्र न्यायोचित जिम्मेवारी बाँडफाँडका लागि आफूले उम्मेदवारी दिएको बताए। ‘पार्टीभित्र न्यायोचित जिम्मेवारी बाँडफाँड हुनुपर्छ। लोकतन्त्र र पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ,’ मनोनयन दर्तापछि पौडेलले भने।
त्यस्तै सभापति देउवाले संविधान कार्यन्वयन र पार्टीलाई एक ढिक्का बनाउन आफूले उम्मेदवारी दिएको बताए।
संसदीय दलको नेताका लागि बुधबार बिहान ११ बजेदेखि २ बजेसम्म चुनाव हुने कांग्रेसले जनाएको छ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर