महिला भलिबलको उपाधि एपीएफलाई, नेविका, सरस्वती र शशी चौधरी उत्कृष्ट

Sarswati Chaudhary

सशस्त्र प्रहरी महानिरीक्षक तेस्रो राष्ट्रिय खुल्ला महिला भलिबलको उपाधि नेपाल एपीएफ क्लबले जितेको छ । शुक्रबार भएको फाइनलमा नेपाल पुलिस क्लबलाई २५-०८, २५-२३ र २५-२० को अन्तरले पराजित गर्दै एपीएफ च्याम्पियन बनेको हो । एपीएफले उपाधिसँगै दुई लाख ५० हजार रुपैयाँ हात पारेको छ । नेपाल पुलिस क्लबले एक लाख २५ हजार रुपैयाँ पाएको छ । पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ तेस्रो स्थान भएको छ । उसले ५० हजार रुपैयाँ पाएको छ ।

प्रतियोगिताका एपीएफ क्लबकी उषा बिष्ट र्वोत्कृष्ट खेलाडी बनिन् । उनले पुरस्कार स्वरुप एक थान स्कुटर प्रदान गरिएको छ । प्रतियोगिताको उत्कृष्ट स्पाइकर पुलिस क्लबकी कोपिला उप्रेती, उत्कृष्ट सर्भर एपीएफकी नेविका चौधरी, उत्कृष्ट डिफेन्स पुलिसकी शान्ति तामाङ, उत्कृष्ट ब्लकर एपीएफकी सरस्वती चौधरी, उत्कृष्ट सेटर पश्चिमाञ्चलकी शशी चौधरी र उत्कृष्ट प्रशिक्षक एपीएफ क्लबका सुदेश रिमाल बने । उनीहरुले जनही पाँच हजार रुपैयाँ पाएका छन् ।

Nebika Chaudhary

यसैगरी नवप्रतिभा खेलाडीतर्फ नेपाल एपीएफ क्लबकी निशाना बलालले नगद १० हजार रुपैयाँ प्राप्त गरेकी छन् । चैत १५ गतेदेखि सुरू भएको प्रतियोगितामा एपीएफ क्लबसहित पुलिस क्लब, पश्चिमाञ्चल क्षेत्रीय भलिबल संघ, ढोरपाटन स्पोर्टस ट्रेनिङ सेन्टर र जावलाखेल भलिबल प्रशिक्षण केन्द्र गरी पाँच टिम सहभागी थियो ।

Leave a Reply

Your email address will not be published.