कैलालीका नयाँ सिडिओले भने- टीकापुर घटनाका पीडितलाई क्षतिपुर्ति दिलाउन पहल गर्छु

Abdul_Klam_khanभर्खरै सरुवा भई आएका कैलालीका प्रमुख जिल्ला अधिकारी अब्दुलकलाम खाँले टीकापुर घटनाका पीडितलाई क्षतिपुर्ति दिलाउन पहल गर्ने बताएका छन् । रेडियो धनगढीके विषेश प्रस्तृतीमा शनिबारको बहसमा कुराकानी गर्दै प्रमुख जिल्ला अधिकारी खाँले घटनाका पीडितलाई क्षतीपुर्ति दिलाउन पहल गर्ने बताएका हुन् ।

घटनाका अभियुक्तहरुलाई अदालतले अनुसन्धान जारी राखेको भन्दै उनले घटनाको दोस्रो दिन, भौतिक क्षति व्यहोरका पीडितहरुलाई क्षतिपुर्ति उपलब्ध गराउन सक्दो पहल गर्ने बताए । त्यस्तै,प्रजिअ खाँले कालोबजारी र अनियमितता रोक्नका लागि मातहतका सबै निकायलाई निर्देशन दिईसकेको पनि बताए । उनले पर्याप्त इन्धन आपुर्ति हुदा–हुदै कृतिम अभाव गर्ने जोकसैलाई पनि छुट नदिने भन्दै नागरिकको सहजताका लागि मातहतका सबै निकायलाई निर्देशन दिईसकेको बताए ।

टीकापुर घटनापछि, सुरक्षा दृष्टिले सम्वेदनशिल रहेको जिल्लामा सुरक्षा सतर्कतालाई पनि उच्च सतर्कतामा राखिने बताए । जिल्लाको कालोबजरी तथा आपुर्ति सहजताका लागी प्रमुख जिल्ला अधिकारी एक्लैले केहि गर्न नसक्ने भन्दै उनले सबै सरोकावालाको साथ आवश्यक रहेको बताए । बजारमा देखिएको बालोबजारी र शिक्षाको विकृतीलाई रोक्नका लागि सम्बन्धित निकायलाई परिचालन गरिने प्रमुख जिल्ला अधिकारी अब्दुल कमाल खाँको भनाई छ ।

Leave a Reply

Your email address will not be published.