प्रधानमन्त्रीलाई दबाब दिन संघीय गठबन्धनले चीन गुहार्यो

Wu-Chintai-Chineseambassadorमधेसी मोर्चासहितको संघीय गठबन्धनले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमणको पूर्वसन्ध्यामा चिनियाँ राजदूतलाई ज्ञापन पत्र बुझाएको छ । उनीहरुले आफ्नो माग सम्बोधनका लागि कूटनीतिक दबाबसमेत दिन आग्रह गरेको छ ।
मधेसी मोर्चासहित १५ पार्टीआवद्ध संघीय गठबन्धनका नेताहरुले शुक्रबार विहान नेपालका लागि चिनियाँ राजदूत उ चुन्ताइलाई भेटेका छन् । होटल सांगि्रलामा भएको भेटमा गठबन्धनका नेताहरुले दुई पेजको ज्ञापन पत्र बुझाएका छन् ।
ज्ञापन पत्रमा ११ बुँदे माग राख्दै आफूहरु शान्तिपूर्ण आन्दोलनमा रहेको तर, प्रमुख पार्टीहरुले सुनुवाइ नगरेको उल्लेख छ ।
गठवन्धनले नेपालको वर्तमान राजनीतिक अवस्थाबारे आफ्नो उच्च नेतृत्वलाई जानकारी गराउन र प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा समस्या समाधानका लागि कूटनीतिक दबाब दिन आग्रह गरेको सदभावनाका महासचिव मनिष सुमनले जानकारी दिए ।
भेटपछि संघीय समाजवादी फोरमका उपाध्यक्ष राजेन्द्र श्रेष्ठले आफूहरुले प्रधानमन्त्रीको चीन भ्रमणको विरोध नगरेको बताए । उनले भने, नयाँ संविधानमा आदिवासी जनजाति, मधेसी लगायतको माग सम्बोधन भएको छैन, त्यस विषयमा चीन गम्भिर होस् र सम्बोधनका लागि पहल गरिदिओस् भन्ने चाहेका छौं ।’

Leave a Reply

Your email address will not be published.