कांग्रस सभापतिमा शेरबहादुर देउवा निर्वाचित

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा निर्वाचित भएका छन् । दोस्रो चरणको निर्वाचनमा कार्यवाहक सभापति रामचन्द्र पौडेललाई ५२६ मतको अन्तरले हराउँदै देउवा सभापति बनेका हुन् ।
सोमबार राति सकिएको मतगणना परिणामअनुसार देउवाले १८२२ मत प्राप्त गरे भने पौडेलले १२९६ मत ल्याए । आइतबार भएको निर्वाचनमा देउवाले बढी मत ल्याए पनि कसैले पनि बहुमत नल्याएका कारण सोमबार पुन: निर्वाचन भएको हो । महामन्त्री कृष्णप्रसाद सिटौलाले तेस्रो मत ल्याएकाले उनी सोमबारको चुनावको प्रतिस्पर्धाबाट बाहिरिएका हुन् भने बढी मत ल्याएका देउवा र पौडेलबीच प्रतिस्पर्धा भएको हो ।
१० औं र १२ आंै महाधिवेशनमा सभापतिमा पराजय बेहोरेका देउवा १३ औं महाधिवेशनबाट कांग्रेसको सर्वोच्च पदमा पुग्न सफल भएका हुन् । पोखरामा भएको १० औं महाधिवेशनमा देउवा गिरिजाप्रसाद कोइराला र काठमाडौंमा भएको १२ आंै महाधिवेशनमा सुशील कोइरालासँग पराजित भएका थिए ।
सुशील कोइरालाको निधनसँगै मुलुकको ठुलो र पुरानो पार्टी नेतृत्वको बागडोर देउवामा हातमा आएको छ । ०५३ मा नवौ महाधिवेशन झन्डै २० बर्ष कोइराला परिवारमा नेतृत्व रहेको थियो । १३ औं महाधिवेशनबाट पार्टी नेतृत्व कोइराला परिवारबाट बाहिर आएको छ ।
२०४८ यताका संसदीय निर्वाचनमा निरन्तर विजय यात्रा जारी राखेका देउवाले पार्टी नेतृत्वको आन्तरिक प्रतिस्पर्धामा भने २०५८ साउनमा संसदीय दलको नेताबाहेक पटक–पटक हारेको इतिहास यसपटक तोडेका छन् ।
५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने प्रावधानअनुसार देउवाले पहिलो चरणमा आवश्यक बहुमत सकेनन् । त्यसैले सोमबार भएको दोस्रो चरणको मतदानबाट देउवा सभापति चुनिएका हुन् ।
तीन जना उम्मेदवार भएकाले पहिलो चरणमा ५० प्रतिशन नकटाए दोस्रो चरणमा दुई बढी मत ल्याउनेबीच पुन: निर्वाचन गराउने प्रावधान विधान छ । त्यसैले दोस्रो चरणको चुनावमा पहिलो र दोस्रो स्थान हासिल गरेका देउवा र पौडलबीच प्रतिस्पर्धा भएको हो । तेस्रो स्थान हासिल गरेका नेता सिटौलाले ३ सय २४ मत प्राप्त गरेका थिए । उनले ल्याएको र बदर मत समेतका कारणले परिणाम अनिर्णीत भएको थियो । त्यसैले पहिलो चरणमा देउवालाई जित्नका लागि ११ मत पुगेको थिएन ।
दोस्रो चरणको निर्वाचनमा सिटौलालाई देउवा र पौडेल दुबैले आफ्नो पक्षमा तान्ने कोसिस गरेका थिए । उनले आफ्नै ‘राजनीतिक गुरु’ गिरिजाप्रसाद कोइरालासँग १० औं महधिवेशनमा चुनावी प्रतिस्पर्धा गरेपनि पराजित भए ।

 

Leave a Reply

Your email address will not be published.