प्रधानमन्त्री ओलीको विरोधमा दिल्लीस्थित जन्तर मन्तरमा प्रदर्शन गरिँदै

kalo-jhanda-1भारत भ्रमणमा रहेका नेपालका प्रधानमन्त्री केपी ओलीको विरोधमा आज नयाँ दिल्लीको जंतर मंतरमा मधेशी–थारुहरुले प्रदर्शन गर्दैछन् । उनीहरुलाई विहारका नेताहरुले पनि सहयोग गर्दैछन् भने डा.सीके राउतका कार्यकर्ताहरुले पनि सहयोग गर्ने भएको छ ।

युनाईटेड मधेशी नयाँ दिल्लीका संयोजक संजय यादवले जारी गरेको विज्ञप्ति अनुसार आज दिउँसो १ बजेबाट जंतर मंतरमा हुने प्रदर्शनमा सबैलाई सहभागीलाई हुन आह्वान गरिएको छ । भारतीय नेता डा.रघुबंश प्रसाद सिंहसहितका नेताहरु पनि उक्त कार्यक्रममा सहभागी हुने जनाइएको छ ।

यता दिल्लीमा रहेका डा.सीके राउतका कार्यकर्ताहरुले पनि जंतर मंतरको प्रदर्शनमा सहभागी हुन आह्वान गरेका छन् ।

डा.राउतका कार्यकर्ता जयप्रकाश कुमार यादवले जंतर मंतरको प्रदर्शनमा सहभागी हुन स्वतन्त्र मधेश पक्षधरहरुलाई पनि आग्रह गरेका छन् ।

Leave a Reply

Your email address will not be published.