मंगलबारदेखि भरी सिलिण्डर बजारमा

Nepal Gas

भारतीय नाकाबन्दीपछि आधा सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको सरकारले आफ्नो निर्णय उट्याउँदै भरी सिलिण्डर ग्यास बेच्ने दिन निर्णय गरेको छ। वाणिज्य तथा आपूर्ति मन्त्रालयले नाकाबन्दी भरी सिलिण्डर बजारमा बिक्री गर्न दिने निर्णय गरेको हो।

‘भारतबाट आयत बढेको हुनाले भरी सिलिण्डर ग्यास वितरण गर्न लागिएको हो,’ आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता अर्जुनराज पन्तले भने, ‘सोमबार औपचारिक निर्णय भएपनि मंगलबारदेखि बजारमा भरी सिलिण्डर ग्यास उपलब्ध हुन्छ।’

व्यावसायीको चौतर्फी दबाब र नाकाबन्दीपछि ग्यासको आपूर्ति सहज भएपछि आपूर्ति मन्त्रालयले आधा सिलिण्डर ग्यास बेच्ने निर्णय स्थगित गर्दै भरी सिलिण्डर ग्यास बेच्ने निर्णय गरेको हो। यसको औपचारिक जानकारी सोमबार तीन बजे पत्रकारसम्मेलनमार्फत जानकारी गराउने भएको छ ।

आधा सिलिण्डर ग्यास वितरण गर्दा व्यावसायीले आफ्नो लागत बढेको भन्दै भरी सिलिण्डर ग्यास वितरण गराउन दबाब दिँदै आएका थिए। मन्त्री पुनको निर्णयसँगै सोमबारदेखि नै बजारमा भरी सिलिण्डर ग्यास भर्न सुरु हुने आपूर्ति मन्त्रालयले जनाएको छ।

आपूर्ति मन्त्रालयका सहायक प्रवक्ता अर्जुनराज पन्तका अनुसार भारतबाट ग्यासको आयात बढेकाले भरी सिलिण्डर ग्यास दिन निर्णय भएको हो । सरकारले भारतीय नाकाबन्दीपछि आधार सिलिण्डर ग्यास वितरण सुरु गरेको थियो। सरकारकाे याे निर्णयसँगै व्यवसायीले अाधा भरिएका सिलिन्डरलाइ पनि भरी बनाएर वितरण गर्नुपर्नेछ।

Leave a Reply

Your email address will not be published.