सबै वर्गलाई समेटेर लैजान ओलीलाई मोदीको आग्रह (भाषणको भिडियो)

Nepal India PM Oli Visit

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानलाई दशकौंको संघर्षपछि प्राप्त एक महत्वपूर्ण उपलब्धि बताएका छन्। तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए। शनिबार प्रधानमन्त्री केपी ओलीसँग हैदारावाद हाउस भएको भेटवार्तामा आयोजित संयुक्त पत्रकार सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदीले भने- ‘दशकौंको संघर्षबाट बनेको नेपालको संविधान एक महत्वपूर्ण उपलब्धि हो।’

यसको निर्माणमा सरकार र राजनीतिक नेतृत्वले गरेको योगदानलाई अभिनन्दन गर्ने उनले बताए। तर, यसको सफलता सहमति र सम्वादमा निर्भर रहने उनले बताए। उनले भने, ‘यसै सिद्धान्तका आधारमा राजनीतिक वार्तालापको माध्यमबाट नेपालका सबै वर्गलाई समग्रमा लिएर तपाईँ नेपालको संविधानसँग जोडिएका सबै मुद्दाको सन्तोषजनक निवारण गरेर नेपाललाई प्रगति र स्थिरताको बाटोमा लैजानु हुनेछ।’

भिडियो हेर्नुस्: 

Leave a Reply

Your email address will not be published.