थारु नेता राजकुमार लेखीले तीन दलका शीर्ष नेताहरुका कारण देश २० वर्ष पछाडि धकेलिएको आरोप लगाएका छन् । सप्तरीमा थारु मधेसीको संयुक्त आयोजनामा भएको लाठी जुलुसपछि बोल्दै लेखीले सुशील कोइराला, केपी ओली र पुष्पकमल दाहालका कारण देश झनझनै पछाडि धकेलिँदै गएको बताए।
थारु मधेसी कसैको गुलाम भएर नबस्ने भन्दै उनले थारु मधेसीको आन्दोलन माग पूरा नभएसम्म जारी रहने बताए । ‘थारु मधेसी अब कसैको गुलाम बनेर बस्न सक्दैन,’ लेखीकले भने, ‘थारु मधेसीको माग पूरा नभएसम्म आन्दोलन जारी रहन्छ ।’
उनले मुलुक बर्बाद गर्ने नेता सांसदहरुलाई थारु मधेसीले कारबाही गर्नुपर्ने बताए । उनले ती नेताहरुलाई समुदायबाटै बहिष्कार गर्नुपर्ने बताए ।
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर