दुबईमा माघी मनाइने, माघीमा सन्जय चौधरीले प्रस्तुती दिने

UAE MAghi

दुबईमा बस्ने प्रवासी थारुहरुले यस वर्ष पनि माघी पर्व मनाउने भएका छन्। प्रवासी थारु समाज युएईको आयोजनामा हुने माघी सम्बन्धी कार्यक्रममा थारु नेता राजकुमार लेखी सहभागी हुनेछन्। उनीसँगै थारु गायक सन्जय चौधरी पनि कार्यक्रममा सहभागी हुने प्रवासी थारु समाजका संरक्षक नेत्र थनेतले जानकारी दिए। कार्यक्रम युएईको बरदुबईस्थित एभरेष्ट इन्टरनेशनल होटलमा माघ १ गते आयोजना हुनेछ।

गायक चौधरीले आफूद्वारा गाइएका गीतहरु प्रस्तुत गर्ने बताएका छन्। थारु गायकको लागि यो राम्रो अवसरसमेत भएको चौधरीले बताए।

कार्यक्रममा युएईस्थित नेपाली राजदूत धन्नजय झालाई प्रमुख अतिथि बनाइएको आयोजकले जनाएको छ। कार्यक्रममा युएईका नेपाली समुदाय सहभागी हुने बताइएको छ।

कार्यक्रममा थारु सांस्कृतिक झाकी र थारु परिकार पनि राखिने थनेतले बताए। थारु प्रवासी समाजले विगत चार वर्षदेखि माघी पर्व मनाउँदै आएको छ।

 

Leave a Reply

Your email address will not be published.