आन्दोलनकारीका माग सहमति नजिक : मन्त्री चौधरी

Health minister Ram Janam Chaudhariस्वास्थ्यमन्त्री एवम् मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका महासचिव रामजनम चौधरीले देशको विद्यमान समस्याको राजनीतिक रुपमा छिटो समाधान गरिने बताएका छन्। मधेसी जनअधिकार फोरम (लोकतान्त्रिक), कास्कीद्वारा आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले तराई मधेस आन्दोलनसम्बन्धी धेरै मागका सम्बन्धमा लगभग सहमतिमा पुगेको र सीमाङ्कनको विषयलाई राजनीतिक संयन्त्र निर्माण गरी छिट्टै टुङ्ग्याउने गरी छलफल जारी रहेको बताए। उनले जारी समस्या चाँडै नै समाधान भई मुलुकले निकास पाउने विश्वास व्यक्त गरे।

स्वास्थ्य क्षेत्रमा विभिन्न समस्या रहेको उल्लेख गर्दै उनले त्यसको समग्र सुधारका लागि आफू लागेको बताए। पछिल्ला समयमा औषधि अभावको समस्यालाई समाधान गर्न सरकार लागिपरेको बताउँदै मन्त्री चौधरीले द्रूतरुपमा बोलपत्र गरी औषधिको आपूर्ति सहज बनाउन प्रयास गरिएको बताए।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधेयक पारित भएको बताउँदै उनले यसको विकासका लागि राजनीतिक प्रभावबाट टाढा राखेर अघि बढ्नुपर्ने बताउनुभयो । रासस

Leave a Reply

Your email address will not be published.