प्रहरीले मध्यरातमा आतंकित पारेपछि कैलालीका थारुहरुको जंगल बास

Kailali Tharu Press Meet
कैलालीमा आयोजित पत्रकार सम्मेलन। फाइल तस्बिर

कैलालीमा प्रहरी छापाका कारण थारुहरु आतंकित बनेका छन्। कैलालीको पबेरा गाविसको पालिया, मणिपुर क्षेत्रमा आधा रात छापा मारेर त्यहाँका स्थानीय थारुलाई आतंकित बनाएको थरुहट थारुवान संयुक्त संघर्ष समितिका प्रवक्ता माधव चौधरीले बताए।

टीकापुर घटना र त्यसपछि जलाइएका सवारीसाधनको निहुँ पारेर प्रहरीले आतंकित बनाएको प्रवक्ता चौधरीले बताए। प्रहरी दमनको डरले स्थानीय बासिन्दाहरु जंगलको बास बस्न बाध्य भएको उनले बताए।

‘प्रहरी दमनको डरले सर्वसाधारण थारुहरु जंगलमा लुकेर बस्न परेको छ। पुसको जाडोमा जंगल बस्नुपर्दा समस्या आएको छ,’ प्रवक्ता चौधरीले बताए।

उनका अनुसार स्थानीय प्रशासनलाई यसबारे जानकारी गराए पनि कुनै सुनुवाई भएको छैन।

Leave a Reply

Your email address will not be published.