दाङको पहाडी गाविसमा चुनाबी अभियान तिब्र

दाङ- नेकपा एमाले दांग क्षेत्र नं २ को पहाडी गाविसमामा चुनाबी माहोल तातेको छ। क्षेत्र नं २ का उम्मेदवार शान्ता चौधरीले घरदैलो अभियान कार्यक्रम लिएर पहाडी गाविसमा पसेपछि दिनदिनै कार्यकर्ता प्रवेश र एमालेलाई समर्थन जनाउनेको घुँइचो लागेको छ।

घरदैलो अभियानअन्तर्गत लोहारपानी गाविसको विभिन्न गाउँमा घरदैलो अभियान सम्पनन भएको छ। क्षेत्र नं २ का प्रचारप्रसार संयोजक राममणी पाण्डेयका अनुसार लोहारपानी गाविसका मुर्कती, साखिनी, सुकेदालगायत गाँउमा घरदैलो अभियान चलाएर उम्मेदावार शान्ता चौधरीले सुर्य चिन्हमा मतदान गरी नेकपा एमालेलाई जिताउन आग्रह गरिन्।
चौधरीको आग्रहलाई स्वीकार गरी त्यहाँका जनताले २०५१ सालको ९ महिने सरकारजस्तो पुनः एकपटक एमालेको एकलौटी सरकार चाहेकोले एमालेलाई जिताउन जस्तोसुकै अभियान चलाउने प्रतिबता व्यक्त गरेका ए।
लोहारपानि गाविसको गेलहरी, रिवाङ, मसुरे लगायत गाँउमा घरदैलो कार्यक्रमपछि जनभेला सम्बोधन गर्ने कार्यक्रम रहेका क्षेत्र नं २ का समाचार व्यूरो सन्तोष दहितले जानकारी दिए।
यता काभ्रे गासिमा पनि एमालेले जिताउनको लागि व्यापक चहपहल बढेको छ। काभ्रे गाविसमा स्थानीय समाजसेबी तथा बुद्धिजीवि दामोदर खड्को संयोजकत्वमा ५५ सदस्यीय प्रचारप्रसारका लागि काभ्रे गाविसमा मूलसमिति गठन गरेको छ। मूल समिति गठन लगत्तै काभ्रेको सबै वडामा पनि क्षेत्र नं २ का उम्मेदवार शान्ता चौधरीलाई जिताउन भेला सम्पन्न गरेको क्षेत्र नं. २ का प्रचारप्रसार संयोजक राममणी पाण्डेयले जानकारी दिए।

Leave a Reply

Your email address will not be published.