कैलाली पुगेर ओलीले भने- टीकापुरलाई रुवाण्डा बनाउने प्रयास असफल भयो

kp-oliप्रधानमन्त्री केपी शर्मा ओलीले कैलालीको टीकापुरलाई रुवाण्डा बनाउने केही मधेसवादी नेताहरुको प्रयासलाई स्थानीय जनताले असफल पारेको भन्दै त्यहिँ पुगेर धन्यवाद दिएका छन् । कैलालीको अत्तरियामा आयोजित एमालेको वृहत जनसभालाई सम्बोधन गर्दै ओलीले भने- टीकापुरमा जातीय नरसंहार मच्चाउने केही बाहिरी तत्वको प्रयास यहाँ जनताले विफल बनाउनुभएकोमा धन्यवाद छ । ती तत्वहरु फेरि पनि थारु र पहाडेबीच भिडन्त गराउन आउन सक्छन् होसियार बस्नुस् ।’

ओलीले प्रहरी र बालकको हत्या तथा त्यस घटना लगत्तै थारु समुदायको घरमा भएको तोडफोड र आगजनी दुवै आततायी भनेका छन् । उनले भने-‘यी दुवै अपराध कैलालीका जनताले होइन, कैलालीलाई रुवाण्डा बनाउन चाहनेले गरेका हुन् ।’

स्थानीय थारु समुदायको सहभागिता देखेर उत्साहित भएका प्रधानमन्त्री ओलीले मधेशी मोर्चासँग वार्ता चलिरहेको र अब पनि समाधानमा नआए सरकार बाध्य भएर कानुनी कारवाहीमा उत्रिने चेतावनी दिए ।

ओलीले भने- ‘जाजय मागलाई संविधान संशोधनमार्फत सम्बोधन गरिन्छ । तर, देश नै बिखण्डन गर्ने माग कुनै पनि हालतमा मान्य हुदैन ।’ उनले अघि भने- हामी वार्ता गरिरहेका छौं, वार्ताबाट समाधान नभए कानुन बमोजिम अघि बढ्छ सरकार ।’

Leave a Reply

Your email address will not be published.