दाङमा ट्याक्टरबाट खसेर गङ्गाराम चौधरीको मृत्यु

दाङको सिसहनियामा आज से१त ७७२४ नम्बरको ट्याक्टरबाट खसेर घाइते भएका एकको मृत्यु भएको छ। मृत्यु हुनेमा सौडियार-९ का २१ वर्षीय गङ्गाराम चौधरी रहेका छन्। चलिरहेको ट्याक्टरबाट खसेर चौधरी गम्भीर घाइते भएका थिए । घाइते चौधरीको राप्ती उपक्षेत्रीय अस्पताल घोराहीमा उपचारका क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।

देउखुरीमा शनिबार बेलुका ट्याक्टर पल्टँदा २८ जना घाइते भएका थिए। वनभोज खाएर फर्कंदै गरेका युवा चढेको ना ५ त ५५५६ नम्बरको ट्याक्टरको ट्रली पल्टँदा २८ जना घाइते भएका हुन्। घाइतेको घोराही, लमही र कोहलपुरमा उपचार भइरहेको छ। रासस

Leave a Reply

Your email address will not be published.