झापा, मोरङ र सुनसरी नटुक्राउन चेतावनी

लिम्बूLimbuwan-biratnagar-1वान राष्ट्रिय क्रान्तिकारी पाटीले एक नम्बर प्रदेशबाट झापा, मोरङ र सुनसरीलाई नटुुक्र्याउन शीर्ष नेतृत्वलाई चेतावनी दिएको छ। सो पाटीले भारतीय नाकाबन्दीको भत्र्सना गर्दै यसको बिरोध पनि गरेको छ। केन्द्रीय सचिवालय सदस्य तथा ताप्लेजुुङ जिल्ला ईञ्चार्ज लोहाङ लिम्बू र जिल्ला अध्यक्ष पेली मावोहाङद्वारा हस्ताक्षरित विज्ञप्तिमा भारतीय नकाबन्दीले नेपाली जनता र राष्ट्रियता माथि धावा बोलिएको भन्दै यसको कडा बिरोध गरिएको छ।

मंगलवार जारी विज्ञप्तिमा लामो समय सम्म नाकाबन्दी जारी राखे पार्टीले औपचारिक रुपमै भारतीय नाकाबन्दीको प्रतिवाद गर्ने उल्लेख छ । सो पार्टीले जारी मधेस आन्दोलनको चाँडो निकास निकाल्न आग्रह गर्दै संविधान संशोधनमार्फत पुर्नलेखन गर्न आर्गह पनि गरेको छ ।

यसोगर्दा प्रस्तावित एक नम्बर प्रदेशमा रहेका झापा, मोरङ र सुनसरीलाई नटुुक्र्याउन चेतावनी पनि दिइएको छ। उसले मंसिर १९ गतेका लागि निर्धारण गरेको अरुण पुर्वका ९ जिल्लाका लागि आवहन गरेको बन्द किराँत धर्मावलम्बीहरुका गुरु माङगेना जयन्ती परेकोले स्थगित गरेको पनि जनाएको छ ।

Leave a Reply

Your email address will not be published.