तराईमा थारुको मसाल जुलुस, सुनसरीमा प्रहरी हस्तक्षेप

Tharu-Masal-Juluss-02

थरुहट थारुवान संयुक्त संघर्ष समितिले पूर्वघोषित कार्यक्रमअनुसार आज तराईका सबै जिल्लामा मसाल जुलुस प्रदर्शन गरेको छ। केही जिल्लाको अगुवाइ केन्द्रीय नेताले गरेका थिए भने केही जिल्लाको नेतृत्व जिल्ला संयोजकले गरेका थिए।

मसाल जुलुस प्रदर्शन गर्ने क्रममा सुनसरी-मोरङको सीमामा प्रहरीले हस्तक्षेप गरेको छ। एमा‌ओवादी सांसद अमनलाल मोदी, थारु कल्याणकारिणी सभाका उपाध्यक्ष कन्नुलाल चौधरीलगायतका नेताहरुको उपस्थितिमा आयोजित मसाल जुलुसमा प्रहरीले धरपकड गरेको  थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य प्रेमीलाल चौधरीले बताए।

उनका अनुसार हस्तक्षेत्रमा केही थारु आन्दोलनकारी घाइते भएका छन्। मोरङ र सुनसरीका थारुहरु सीमा क्षेत्रमा भेला भएर मसाल जुलुस प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरेको थियो।

संघर्ष समितिले भोलि (शनिबार)देखि अनिश्चितकालिन आम हडतालको घोषणा गरेको छ। समितिले मंसिर ७ र ११ गते थारु पहिचान र अधिकारविरोधी संविधानका धाराहरु चलाउने, संसदमा संघर्षलाई जारी राख्ने, केन्द्रीय टोलीसहित मोची काली जागरण र विरोध सभा चलाउने र मुद्दा मिल्ने पक्षसँग कार्यगत एकता गर्नेलगायतका कार्यक्रम गर्ने जनाएको छ।

Leave a Reply

Your email address will not be published.