केपी ओली नेतृत्वको सरकारमा सात मन्त्री थपिए

Mantri saphat

राष्ट्रपति विद्यादेवी भण्डारीले तीन उपप्रधानमन्त्री र मन्त्रीलाई आज पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छन्। राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित विशेष समारोहमा उप्रधानमन्त्री एवम् रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री एवम् महिला तथा बालबालिकामन्त्री चन्द्रप्रकाश मैनाली र अर्का उपप्रधानमन्त्री चित्रबहादुर केसीलाई सहकारी तथा गरिबी निवारण मन्त्रीको पद तथा गोपनीयताको शपथ खुवाएकी हुन्। 

यस्तै अर्थमन्त्री विष्णु पौडेल, सूचना तथा प्रविधिमन्त्री शेरधन राई, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेल र शान्ता मानवीले बिना विभागीय मन्त्रीको पद तथा गोपनीयताको शपथ लिइन्न्।

त्यसैगरी सत्य नारायण मण्डललाई युवा तथा खेलकुद, रामजनम चौधरीलाई स्वास्थ्य तथा जनसङ्ख्या, विश्वेन्द्र पासवानलाई विज्ञान तथा वातावरण मन्त्रालयको जिम्मेवारी तोकिएको छ । मण्डल, चौधरी र पासवान यसअघि नै मन्त्रीमा नियुक्त हुनु भए पनि मन्त्रालयको जिम्मेवारी भने तोकिएको थिएन।

प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिना विभागीय ती मन्त्रीहरुको जिम्मेवारी समेत तोक्नुभएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, कायममुकायम प्रधानन्यायाधीश गिरिशचन्द्र लाल उपप्रधानमन्त्रीहरु, मन्त्रीगण, संवैधानिक निकायका प्रमुखहरु, विभिन्न राजनीतिक दलका शीर्ष नेता, सांसदहरुको उपस्थिति थियो।

नेकपा (एमाले)को आज बसेको शीर्ष नेताको बैठकले सरकारमा सहभागी हुने मन्त्रीहरुको टुङ्गो लगाएको हो। उपप्रधानमन्त्री भएका रावल एमालेका उपाध्यक्ष हुन्। यस्तै मैनाली नेकपा (माले)का महासचिव र केसी राष्ट्रिय जनमोर्चाका अध्यक्ष हुन्। केसी पहिलो पटक मन्त्री भएको हुन्। रासस

Leave a Reply

Your email address will not be published.