सीमामा नाकाबन्दी गर्दै थारु आन्दोलनकारी

tharu-madhesi protest 05

थारु कल्याणकारिणी सभाको नेतृत्वमा आजदेखि भारत-नेपालका साना ठूला सबै नाकामा थारुहरुले धर्नासहित नाकाबन्दी गर्ने भएका छन्। नवलपरासीमा भएको दुई दिने राष्ट्रिय भेलाले नाकाबन्दी र राजमार्ग केन्द्रीत आन्दोलन गर्ने निर्णय गरेसँगै थारुहरुले सीमाकेन्द्रीत आन्दोलन सुरु गरेका हुन्।

थारुहरुले पूर्व झापादेखि पश्चिम कञ्नपुरसम्मका भारतीय सीमामा धर्नासहित नाकाबन्दी गर्ने सभाले जनाएको छ।

थारुका मागप्रति सरकार गम्भीर नएभएको भन्दै काठमाडौंलाई ठप्प पार्न नाकाबन्दीलाई जोड दिइएको सभाको आन्दोलन परिचालन समितिका संयोजक राजकुमार लेखीले बताए। उनले थारुले उठाएका सीमांकनलगायतका मागहरु पूरा नभएसम्म नाकाबन्दी जारी राख्ने बताए। ‘थारुको मागप्रति सरकार अझै गम्भिर देखिएन। वार्ताको नाममा झर्राटराइमात्र गरिएको छ,’ उनले भने, ‘थारुका माग पूरा नभएसम्म नाकाबन्दीलगायतका आन्दोलन जारी रहन्छ।’

उनले थारुहरु वार्ताका निम्ति तयार रहेको तर त्यसका लागि सरकारलाई पेस गरेको सात बुँदे मागपत्र पूरा गर्नुपर्ने बताए। ‘हामी वार्तामा बस्न तयार छौं,’ लेखीले भने, ‘त्यसका लागि हामीले पेस गरेका मागहरु पूरा गरेर वातावरण बनाउनुपर्छ।’

Leave a Reply

Your email address will not be published.