थारु एकताका लागि रौतहटमा अन्तर्क्रिया

20151025_125040

थारु एक्टिभ ग्रुपले रौतहटमा अन्तर्क्रिया आयोजना गरेको छ। कार्यक्रममा रौतहटका थारु गाउँका बुद्धिजीबी, शिक्षक र युवाहरु सहभागी थिए। उनीहरुले थारु एकता, थारु समाजका विकृति, थारुहरुको आर्थिक अवस्था, शिक्षा र रोजगारीलगायतका विषयमा छलफल गरेका छन्।

सहभागीहरुले थारुमा विद्यमान समस्याहरुको समाधान र थारु समुदायका बालबालिकालाई शिक्षामा पहुँच कसरी पुर्‍याउनेबारे छलफल भएको ग्रुपका सुजीत चौधरीले जानकारी दिए। यी कार्यका लागि थारु युवाहरु अग्रसर हुनुपर्ने छलफलको निचोड थियो।

थारु युवाहरुले सकरात्मक परिवर्तनका लागि खेल्ने भूमिकाले समाजका विकृतिलाई केही हदसम्म भए पनि निर्मुल पार्ने सहभागीहरुले बताए। सामाजिक काममा युवाहरुले आफ्नो निर्वाह गर्दै विकासको बाटोमा डोर्‍याउन जरुरी रहेको सहभागीहरुले बताए।

Leave a Reply

Your email address will not be published.