राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन कात्तिक ११ गते ११ बजे

1st parliament meeting-01

राष्ट्रपति र उपराष्ट्रपतिको निर्वाचन व्यवस्थापिका-संसद्मा कात्तिक ११ गते हुने भएको छ। व्यवस्थापिका-संसद्को आजको बैठकमा सभामुख ओन्सरी घर्तीले नेपालको संविधानको धारा २९७ को उपदफा (२) अनुसार राजनीतिक सहमतिमा यही कात्तिक ८ गते १६ः३० बजेभित्र र त्यसो नभए सोही धाराको उपदफा (३) बमोजिम कात्तिक ११ गते ११ बजे निर्वाचन हुने जानकारी दिए।
उनले व्यवस्थापिका-संसद्को अन्तरिम कार्यविधि, २०७२ को दफा २६ र ३८ को उपदफा (१) बमोजिम ती पदका लागि निर्वाचनको मिति तोकिनुका साथै व्यवस्थापिका-संसद्का महासचिव मनोहरप्रसाद भट्टराईलाई निर्वाचन अधिकृत तोकेका छन्।
साथै सभामुखले निर्वाचनको कार्यतालिका आजै सार्वजनिक गर्न निर्वाचन अधिकृत भट्टराईलाई निर्देशन दिए।
त्यसअघि बैठकमा सभामुखले मन्त्रिपरिषद् गठन र कार्यविभाजनबारे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त पत्र वाचन गरेका थिए।
सभामुखमा निर्वाचित भएपछि उनले सञ्चालन गरेको यो पहिलो बैठक हो। रासस

Leave a Reply

Your email address will not be published.