रौतहटका थारुद्वारा बैरगनिया नाकामा धर्ना

Thakasaरौतहटका थारुहरुले सीमावर्ती क्षेत्रमा धर्ना दिएका छन्। थारु कल्याणकारिणी सभाको नेतृत्वमा रौतहटको डुमरियाबाट निस्किएको मोटरसाइकल र्‍यालीमा सहभागी थारुहरुले बैरगनिया नाकामा धर्ना दिएका हुन्। धर्नामा सय जनाभन्दा बढी थारुहरु उपस्थित छन्।

‘थारु-मधेसीको मागप्रति सरकार अझै गम्भीर देखिएको छैन,’ सभाका जिल्ला उपाध्यक्ष भूमध्य चौधरीले भने, ‘हाम्रो माग पूरा नभएसम्म आन्दोलन रोक्दैनौं।’

उनलका अनुसार थारु कल्याणकारिणी सभाले आन्दोलनको नयाँ स्वरुप र रणनीति तयार पार्न भोलि (आइतबार)देखि दुई दिने राष्ट्रिय भेला हुँदैछ। भेलाले नाकाबन्दीलाई अझै सशक्त बनाउने रणनीति अपनाउने बताइएको छ। ‘अबको आन्दोलन नाकाबन्दी केन्द्रीत गर्ने भन्नेबारे सभाको राष्ट्रिय भेला नवलपरासीमा हुँदैछ। सभाको निर्णयअनुसार हामी अगाडि बढ्नेछौं।’

Leave a Reply

Your email address will not be published.