संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रधानमन्त्री पदको निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार सुशील कोइरालालाई मत खसाल्ने निर्णय गरेको छ । नेपालको नयाँ संविधानअनुसार व्यवस्थापिका–संसद्मा आज नयाँ प्रधानमन्त्री पदमा निर्वाचन हुँदै छ । तराई मधेस लोकतान्त्रिक पार्टी(तमलोपा) कार्यालयमा आज बसेको सो मोर्चाको बैठकले सो निर्णय गरेको तमलोपाका नेता अकबाल अहमद साहले सञ्चारकर्मीलाई जानकारी दिए ।
सो मोर्चामा मधेसी जनअधिकार फोरम नेपाल, तमलोपा, सद्भावना पार्टी, सङ्घीय सद्भावना पार्टी आबद्ध रहेका छन् । बैठकले मधेसी, जनजाति, थारु, मुस्लिमविरुद्धको बामपन्थी गठबन्धनलाई परास्त गर्न नेकाका सभापति कोइरालालाई प्रममा मतदान गर्ने निर्णय गरेको नेता साहले जानकारी दिए ।
साथै बैठकले तराई मधेस आन्दोलनलाई जारी राख्ने पनि निर्णय गरेको छ । रासस
Latest Updated
- जेलबाट रेशम चौधरीको कविता, ‘वाह, क्या जाती हुन्थ्यो !’
- लक्ष्मण थारुको लेख : असोज तीन कालो दिन किन ?
- रहर_पार्ट थ्री, अफिसियल म्युजिक भिडियो
- थारु समाज कास्कीको ११औं साधारणसभा तथा जितिया विशेष कार्यक्रम सम्पन्न
- प्रधानमन्त्री ओलीलाई लक्ष्मण थारुको चेतावनी- ‘तागत छ भने सिधासिधा लडे हुन्छ’
- थापस महाधिवेशनको भ्रम र यथार्थ
- टीकापुर सम्मेलनले दिएको सन्देश
- थरुहट थारुवान राष्ट्रिय मोर्चाको संयोजकमा लक्ष्मण थारु
- टीकापुर सम्मेलन : थरूहट थारूवान प्रदेशका लागि आन्दाेलन प्रस्ताव
- बीस हजारको सहभागिता रहेको टीकापुर सम्मेलनको फोटो फिचर