बर्दियाको मैनापोखरीमा महिला आन्दोलनकारीमाथि प्रहरीको लाठी (फोटो फिचर)

    Mainapokhari bardiya protest 02 नेपालगन्ज-गुलरिया सडक खण्डको मैनापोखरमा थरुहट आन्दोलनकारी र प्रहरीबीच झडप भएको छ। झडपमा १५ आन्दोलनकारी र ३ जना प्रहरी घाइते छन्।

Mainapokhari bardiya protest 06

त्यसमध्ये बढी चोटपक लागेकाहरुलाई उपचारका लागि नेपालगन्ज पठाइएको थरुहट कार्यकर्ता अन्जता राउतले बताएकी छन् । सबै घाइते आन्दोलनकारीहरु महिला हुन् ।

Mainapokhari bardiya protest 04

आन्दोलनकारीले बन्द राखेको उक्त सडकबाट सुरक्षाकर्मीको सहारमा यात्रु वाहक बस जान खाजेपछि तनाव भएको हो । आन्दोलनकारीले बसमा ढुंगा हानेपछि  प्रहरीले बल प्रयोग गर्नु परेको प्रहरी निरीक्षक खेम राउतले बताए ।

Mainapokhari bardiya protest 03

सहायक प्रमुख जिल्ला अधिकारी र एसपीको गाडी मैनापोखर पुगेको बेला त्यही आडमा यात्रु बाहक बस जान खोजेको थियो । करिब तीन साता अघि मैनापोखरमा भएको झडपमा ईप्रका मैनापोखरका हवल्दार देवबहादुर पाण्डेको मृत्यु भएको थियो ।

Mainapokhari bardiya protest 01

Mainapokhari bardiya protest 05

8 thoughts on “बर्दियाको मैनापोखरीमा महिला आन्दोलनकारीमाथि प्रहरीको लाठी (फोटो फिचर)

  1. घाइते महिला दिदि बहिनीहरुको सिघ्र स्वास्थ लाभको कामना । प्रहरी दमन –बन्द गर ।

  2. Yo anjana bhanne kahako tharuhatvkarya karyajarta ho. Jaba ki ma bardiyako jilla samyojak thaha chhaina yo manxelai sathi ho galat na lekhnu hola pariram nRamro hola. Yaha nihathha mahila mathi asru gas ra lathi charge bha x. . teo sRyata kaha gaeo?

  3. aajakal ta tharu sunne bitttikai mind le khuda bancharo bokeko rakshyas ko samjhana garauxa.banda ko auchitya xaina.aafna maag kati pura vaye sambidhan maa padnu ani andolan garnu k pugena.natra kaaag ko paxadi lagera kaan naxami dagurne tharu lai ta k sabai lai bhuti diye farak pardaina

  4. थारु दिदी बहिनीहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु । साहसलाई सलाम गर्दछु ।

Leave a Reply

Your email address will not be published.