ठूलाले सानालाई पेल्न मिल्दैन : चिनिया राष्ट्रपति

30092015074746UN-Assembly-1000x0चिनियाँ राष्ट्रपति सी जिनपिङले ठूला, बलिया र धनी देशले साना, कमजोर र गरिब देशमाथि हस्तक्षेप गर्न नहुने बताएका छन्। संयुक्त राष्ट्रसंघको ७० औं महासभामा सहभागी हुन अमेरिकाको न्युयोर्क पुगेका जिनपिङले सोमबार एक बैठकमा सम्बोधन गर्दै आन्तरिक मामलामा कसैले पनि हस्तक्षेप गर्न नमिल्ने बताए।

भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै अघोषित नाकाबन्दी लगाइरहेका बेला उनले राष्ट्रसंघको बडापत्रअनुसार सबै देश बराबर भएको स्पष्ट पारे । सम्बोधनका क्रममा चिनियाँ राष्ट्रपति जिनिपिङले पछिल्ला दिन नेपाल र भारतबीच बढ्दो तनावलाई उल्लेख नगरे पनि भारतले नेपालको आन्तरिक मामिलामा हस्तक्षेप गर्दै लगाएको नाकाबन्दीको कूटनीतिक शैलिमा विरोध जनाए ।

‘सार्वभौम समानताको सिद्धान्तलाई संयुक्त राष्ट्रसंघको बडापत्रमा रेखांकन गरिएको छ । सबै देश समान छन् । ठूला, बलिया र धनी देशले साना, कमजोर र गरिब देशलाई दबाब दिन मिल्दैन,’ राष्ट्रसंघको साइडलाइनमा आयोजना गरिएको ‘वर्किङ टुगेदर टु पर्ज न्यु पार्टनरसिप अफ विन–विन कोअपरेसन’ लाई सम्बोधन गर्दै चिनियाँ राष्ट्रपति जिनिपङले भने, ‘सार्वभौम सिद्धान्तको अर्थ सबै देशको सार्वभौमिकता र भौगोलिक अक्षुण्णतालाई चुनौती दिन मिल्दैन भन्ने मात्र होइन, यसको अर्थ कुनै पनि देशको आन्तरिक मामिलामा हस्तक्षेप गर्न हुँदैन भन्ने पनि हो ।’

Leave a Reply

Your email address will not be published.