भारतीय टिभी च्यानल प्रसारण गर्न सरकारको २४ घन्टे अल्टिमेटम

indian channelsभारतको अमानवीय नाकाबन्दीको विरोधमा हिन्दी च्यानल रोक्ने केबुल टिभी अपरेटरलाई सरकारले कारवाहीको चेतावनी दिँदै मंगलबार २४ घन्टे स्पष्टिकरण सोधेको छ।

सूचना तथा सञ्चार मन्त्रालयले नेपाल केवल टिभी व्यवसायी महासंघ, नेपाल केवल टेलिभिजन महासंघ, डिसहोम तथा सिम्पल मिडियालाई पत्र काटेको हो।

‘संविधान र राष्ट्रिय प्रसारण ऐनअनुसारका कार्यक्रम प्रसारण गर्नुपर्ने व्यवस्था मिलाउनुपर्नेमा अग्रिम जानकारी नदिई प्रसारण बन्द गरिएको हुँदा त्यस संस्थालाई किन कारवाही नगर्ने?’ मन्त्रालयको पत्रमा भनिएको छ।

Leave a Reply

Your email address will not be published.