जनकपुरमा लखेटिए बाबुराम, रामचन्द्र झा र रामकुमार शर्मालाई कुटपिट

baburam bh

मधेश आन्दोलनमा समर्थन जनाउन भन्दै मंगलबार जनकपुर आएका बाबुराम भट्टराईलाई आन्दोलनकारीले लखेटेका छन्। दिउँसो करिब एक बजे हवाइमार्ग हुँदै जनकपुर आइपुगेका उनले केही वेरसम्म बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्को सभाकक्षमा एमाओवादीका मधेशी नेता रामकुमार शर्मा, रामचन्द्र झा, रामरिझन यादव, तराई मधेश राष्ट्रिय अभियानका संयोजक जेपी गुप्ता लगायत स्थानीय केही अगुवासँग संक्षिप्त अन्तरक्रिया गरेका थिए।

त्यहाँबाट करिब पौने तीनबजे पुर्वनिर्धारित कार्यक्रम अनुसार गोपाल धर्मशाला परिसरमा निर्माण गरिएको मञ्चमा पुगेका भट्टराई जम्मा १२ मिनेट बोलेर एयरपोर्ट तर्फ निस्केका छन्। पहिलेदेखि नै उनलाई जनकपुर प्रवेश गर्न नदिन आन्दोलनरत मधेशी मोर्चा र युवा संघर्ष समितिलगायतले उनले जनकपुरमा संविधानको प्रतिलिपि जलाउने शर्तमा आउन दिन छुट दिएको थियो। यति हुँदा पनि भट्टराई एयरपोर्टबाट जनकपुर नगरमा प्रवेश गर्ने क्रममा ठूलो भिडले कालो झण्डा देखाउँदै उनको विरोध गरेको थियो।

भट्टराइले संविधान जलाउनु भन्दा संसोधन गरेर जायज मागको सुनुवाइ गर्नुपर्ने धारणा राखेका थिए। उनले नाकाबन्दी खोल्नुपर्ने र संवाद र सहमतिबाट समाधान खोज्नुपर्ने बताएपछि चर्को बिरोध सुरू भएको थियो। मञ्चमा भट्टराई बोलिरहँदा दर्शकदिर्घाबाट संविधान जलाउ, संविधान जलाउ भन्दै हुटिंग हुन थालेपछि उनले मन्तव्य छोट्याएर प्रहरीको सहारामा एयरपोर्ट तर्फ निस्किन भ्याए। पाँच भ्यान प्रहरीको सुरक्षाघेरामा भट्टराई धर्मशाला परिसरबाट बाहिर निस्कन सफल भएपनि आन्दोलनकारीले संविधान जलाउने शर्त स्वीकार गरेर पनि संविधान जलाउन इन्कारगरि मधेशीलाइ धोका दिएको भन्दै उनका सहयोगी कार्यकर्ता रामचन्द्र झा, रामरिझन यादव र रामकुमार शर्मालाई कुटपिट गरेका छन्। उनीहरुलाई पनि प्रहरीले उद्दार गरी अहिलेसम्म नियन्त्रणमा राखेको छ।

Leave a Reply

Your email address will not be published.