माग तत्काल सम्बोधन नभए अर्को राज्यको माग उठ्न सक्छ : लेखी

Rajkumar Lekhi in saptari 01थरुहट/थारुवान संयुक्त संघर्ष समितिका सचिवालय सदस्य राजकुमार लेखीले शीर्ष नेतालाई तराईमा आउन चेतावनी दिएका छन्। सेना प्रहरी लगाएर तराईका ४० बढीको ज्यान लिने प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी शर्मा ओली र एमाओवादी अध्यक्ष पुष्पकमल दाहाललाई तराई आउन चेतावनी दिएका हुन्।

‘काठमाडौंमा बसेर आन्दोलनकारीमाथि धरपकड गर्ने, उनीहरुको ज्यान लिने नेताहरु तराई आएर देखाओस्,’ सप्तरीमा आयोजित विरोधसभामा लेखीले भने, ‘उनीहरुबारे यहाँका जनताले निर्णय गर्नेछन्।’

Rajkumar Lekhi in saptari 02

उनले तीन दलले थारु मधेसीको मागप्रति गम्भिर नभए अबको दिनमा थारु मेधसीबाट छुट्टै मुलुकको मागसमेत उठ्न सक्ने चेतावनी दिए। थारु मधेशीले स्वायत्त थरुहट मधेश प्रदेशको माग गर्दै सीमांकन सच्याउन माग गरिरहेको बेला सरकार अझ पनि गम्भिर नभएको आरोप लगाउँदै मधेसी थारुको अबको दिनमा आउन सक्ने मागप्रति राज्य सचेत हुनुपर्नेमा जोड दिए।
उनले थरुहट मधेु प्रदेश गरी दुई प्रदेशले थारुहरुलाई अधिकार दिन्छ भने त्यसमा सहमति हुनसक्ने बताउँदै यदीे त्यसमा पनि सरकारले सुनुवाई गर्न सकेन भने थारु मधेसीबाट अझ चर्को माग उठेर मुलुकलाई दुर्घटना तर्फ लैजान सक्ने चेतावनी दिए।

Leave a Reply

Your email address will not be published.