भारतविरुद्ध टिप्पणी गर्नु मूर्खतापूर्ण : उपेन्द्र यादव

Upendra Yadav

संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवले भारतविरुद्ध टिप्पणी गर्ने कार्यलाई मूर्खतापूर्ण भन्दै त्यसो नगर्न सुझाव दिएका छन् । बीहीबार एक विज्ञप्ति प्रकाशित गर्दै अध्यक्ष यादवले भनेका छन्- ‘भारतले कुनै नाकाबन्दी नगरेको नेपालका भन्सार प्रमुखहरु र भारत स्वयंले प्रष्ट पारिसक्दा पनि भारतविरुद्ध अनावश्यक टिकाटिप्पणी गर्नु मूर्खतापूर्ण कार्य भएको फोरम नेपालको ठहर छ ।’

पहिचान, संघीयता र समानुपातिक समावेशीकरणसहितको अधिकार सम्पन्न स्वायत्त प्रदेशहरु निर्माणका लागि महिनौंदेखि जारी अनिश्चितकालीन मधेस आन्दोलनलाई बदनाम गरी यसलाई तुहाउने षड्यन्त्रस्वरुप छिमेकी मुलुक भारतविरुद्ध भइरहेको द्वेषपूर्ण ठिप्पणी भइरेको यादवले बताएका छन् । यस्तो टीका टिप्पणीले देशको हित नगर्ने यादवको भनाइ छ ।

‘यो आन्दोलन मधेसी, आदिवासी जनजाति, थारु, महिला, दलित, मुस्लिम, पिछडावर्गको भएकोले यसलाई छिमेकीसँग जोडेर अपब्याख्या गर्नु, अनावश्यक टीकाटिप्पणी गर्नु वा दमन गर्नु गैरजिम्मेवारपूर्ण कार्य हो,’ यादवले भनेका छन्- ‘यसले मुलुकको हित गर्दैन ।’

मधेश/थरुहट लगायत मुलुकको विभिन्न क्षेत्रबाट उठेका आन्दोलनलाई अरुसँग जोड्नुको सट्टा विगतमा मधेस आन्दोलनका दौरान भएका सम्झौता कार्यान्वयन गरी संविधान पुनर्लेखन गर्नु नै समस्याको समाधान हुने यादवको भनाइ छ ।

Leave a Reply

Your email address will not be published.